सुदूरपश्चिम प्रदेशले आज पनि पाएन सभामुख « Khabarhub

सुदूरपश्चिम प्रदेशले आज पनि पाएन सभामुख


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

धनगढी –सुदूरपश्चिम प्रदेश आज पनि सभामुख चयन गर्न असफल भएको छ । सभामुख चयनका लागि निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले तटस्थ बस्ने निर्णय गरेपछि सभामुख नचुनिने निश्चित बनेको हो ।

प्रदेशसभाको जारी बैठकको विशेष समयमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका सचेतक लक्षमण किशोर चौधरिले सभामुख चयनमा आफ्नो पार्टी तटस्थ बस्ने उद्घोष गरेका छन् ।

उनले शत्तारूढ दलको सहमति अनुसार सुदूर पश्चिममा मुख्यमन्त्री चयनका लागिमात्रै समर्थन गर्ने निर्णय भएकोमा सपथका क्रममा विना जानकारी दुई मन्त्रीलाई पनि सपथमा ल्याइएको भन्दै त्यसको विरोध स्वरूप आजको सभामुख चयनमा तठस्त बस्ने निर्णय गरिएको बताए ।

त्यसैगरि टिकापुर घटनामा आरोपित ठहर गरेर जेल चलान गरिएका रेशम चौधरीलगायत नेता कार्यक्रता छुटाउनसमेत पहल नगरिएको भन्दै उनले सो विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए ।

सुदूर पश्चिम प्रदेश सभामुखका लागि नेपाली कांग्रेसबाट मानबहादुर रावल र नेकपा माओबादी केन्द्रबाट भीम भण्डारी उम्मेखवार रहेका छन् ।
दुवैला निर्वाचित हुनका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक रहेको छ ।सुदूरपश्चिम प्रर्देश सभामा आज सभामुख चयन नभए माघ २ गते सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने छ । माघ २ गते सभामुख चयन नभए प्रदेश सभा संवैधानिक जटिलतातर्फ धकेलिने छ ।

सभामुख चयनमा नागरिक उन्मुक्ति पार्टी तटस्त बस्दा आज पनि प्रदेशले सभामुद पाउने सम्भावना न्यून बनेको छ ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ८ : ०७ बजे

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस् : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ