पशु बिमा कार्यक्रम अलपत्र « Khabarhub

पशु बिमा कार्यक्रम अलपत्र


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकामा एक आर्थिक वर्षपछि नै पशु बिमा कार्यक्रम अलपत्र परेको छ । पशु पालनलाई प्रमुख व्यवसाय बनाएका किसानलाई लक्षीत गर्दै लुम्बिनी इन्सुरेन्स कम्पनीले आर्थिक वर्ष २०७५र०७६ मा पशु बिमा कार्यक्रम सुरु गरेको थियो ।

सुरुका वर्ष १७ वटा बाख्रा र ६ वटा बंगुुरको बीमा गरेका किसानले आर्थिक वर्ष २०७६र०७७ बाट पशु बिमा नविकरण नगरेको गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख प्रमोदकुमार राजभण्डारीले बताए ।

वर्ष दिनको अवधिमा किसानले दुई वटा बाख्राको बिमा वापतको रकम पाएका थिए । कतिपय किसानले पशु बिमा दावी गर्न आउँदा बिमा नविकरण नगरेको पाइएपछि रित्तो फर्काइएको थियो ।

नेपाल सरकारको केन्द्रिय कार्यक्रम अनुशार गाउँपालिकाको समन्वयमा पशु बीमा सुरु गरेको लुम्बिनी इन्सुरेन्स कम्पनीले अभिकर्ता अभावमा वीमा नविकरण गर्न नसकेको जनाइएको छ । बिमा कम्पनीको अभिकर्ता नहुँदा गाउँपालिकाकै कर्मचारी खटिएर पशु विमा गर्न सहयोग गरेका थिए । पशु बिमालाई पुनस् निरन्तरता दिनका लागि पहल भइरहेको पशु सेवा शाखाका प्रमुख राजभण्डारीले बताए ।

ग्रामिण क्षेत्रका किसानको मूख्य सम्पतीको रुपमा रहेको गाई, भैंसी, बंगुुर मर्दा हुने आर्थिक क्षतीबाट जोगाउनका लागि गाउँपालिकामा पशु वीमा कार्यक्रम लागू गरिएको थियो । बिमा गरेको एक वर्षभित्र पशु मरे वा क्षती पुगेमा किसानलाई बिमांक रकमको ९० प्रतिशत रकम प्रदान गर्नेगरी गाउँपालिकामा पशु बीमा सुरु गरिएको थियो ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ८ : १९ बजे

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा अदालतले

सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र