चुरे ‘रिचार्ज’ गरी तराईमा कृषिको विकास गर्न आवश्यक  « Khabarhub

चुरे ‘रिचार्ज’ गरी तराईमा कृषिको विकास गर्न आवश्यक 


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लहान– कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले तराईको समग्र कृषिको विकासका लागि चुरे क्षेत्रको ‘रिचार्ज’ गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । सिरहाको लहानस्थित एक कार्यक्रममा उनले चुरे विनाशसँगै पानीका मुहान सुक्दै गएकाले यसको रिचार्ज गर्नुपर्ने बताएका हुन् । 

‘हामीले चुरेको रिचार्ज नगर्ने हो भने एकाध वर्षमा तराई क्षेत्र मरुभूमि बन्न सक्ने खतरा छ, तर कसरी चुरेको रिचार्ज गर्ने रु कसरी चुरेको संरक्षण गर्ने ?’, मन्त्री भुसालले भने, ‘त्यसको लागि एउटा उपाय छ, त्यो भनेको चुरेको फेदीबाट पूर्व–पश्चिम नहर बनाउनुपर्ने आवश्यकता छ, यसो गरियो भने चुरेको रिचार्ज हुन्छ, खानेपानीको पनि अभाव हुन्न, सिँचाइको पनि अभाव हुन्न, अन्नको भण्डार मानिने तराईमा बाह्रैमास सिँचाइ गर्न सकिन्छ ।’

पानी नदीबाट बगेर जाने तर खडेरी परेर यहाँका किसान रुनुपर्ने अवस्थालाई अन्त्य गरी उक्त बगेर जाने पानीलाई व्यवस्थापन गरी नदीले कटान गरिएका लाखौँ हेक्टर खेतीयोग्य जमिन सिँचाइ गर्न सकिने मन्त्री भुसालले व्यक्त गरे । साथै चुरेको फेदीका ठाउँठाउँमा जलाशययुक्त पोखरी, तालतलैया निर्माण गरी पर्यटन केन्द्र, माछापालन, हाँसपालन जस्ता योजनामा सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार लाग्नुपर्नेमा उनले जोड दिए । 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ३ : २३ बजे

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको