कालीगण्डकी उर्लेपछि शालिग्राम शिला डुबानमा « Khabarhub

कालीगण्डकी उर्लेपछि शालिग्राम शिला डुबानमा


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

पर्वत– केही दिनदेखि निरन्तर परेको वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ। पर्वत, स्याङजा र गुल्मीको संगमस्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणीमा रहेको उक्त शालिग्राम शिला डुबानमा परेको हो । 

कालीगण्डकीमा पानीको सतह उच्च विन्दुमा पुगेपछि शिला पूर्णरुपमा डुबानमा परेको स्थानीय तिलक पराजुलीले बताए। उनका अनुसार शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत विस्थापित भएका छन् । 

पवित्र मानिने शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत संरचना डुबाएको बताउँदै पराजुलीले  शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबियनसमेत पुरिएपछि शिला दर्शन गर्न जाने सबै पूर्वाधारमा पूर्णरुपमा क्षति पुगेको जानकारी दिए ।

मुस्ताङको कागबेनीमा ठूलो क्षति पुर्‍याएको कालीगण्डकी आइतबार रातिदेखि यसवर्षकै उच्च बहावमा बगेको स्थानीयवासीले बताएका छन् । कतिबेला घरसम्मै आएर डुबाउने हो भन्ने चिन्ताले आइतबार रातभर जाग्राम बसेको स्थानीय रवि भट्टराईले बताए । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीवेणी बजार डुबानको खतरामा पर्ने गरेको उनको भनाइ थियो ।

कालीगण्डकी र सेतीखोलाको बहाव बढेर डुबानमा पर्ने चिन्ताले पर्वत र स्याङ्जातर्फका बजार क्षेत्रका झण्डै दुई सय व्यापारी तथा सर्वसाधारण त्रसित बनेका छन् । चौध वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए । 

विसं २०६६ असोज २१ मा बजार क्षेत्र डुबानमा परेको घटनाले सधैँ त्रास थप्ने गरेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताएका छन् । उनले विश्वकै ठुलो शालिग्राम शिला डुबे पनि पानी बजारसम्म आइनसकेको जानकारी दिए । 

अहिले पानीको बहाव उच्च बढेको इलाका प्रहरी कार्यालय हुवासले जनाएको छ । बजार क्षेत्रसँगै जोडिएको मन्दिरको सत्तल मुनिको सिँढीसम्म बहाव आइपुगे पनि बजारवासीलाई भने खतरा नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ६ : २१ बजे

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन