नामिबियामाथि स्कटल्याण्डको फराकिलो जित « Khabarhub

नामिबियामाथि स्कटल्याण्डको फराकिलो जित


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा जारी त्रिदेशीय शृङ्खलाको दोस्रो खेलमा स्कटल्यान्डले नामिबियामाथि १० विकेटको फराकिलो जित निकालेको छ । किर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा नामिबियालाई १० बिकेटको फराकिलो अन्तरले जीत निकालेका हो ।

नामिबियाले प्रस्तुत गरेको १५४ रनको सामान्य लक्ष्य स्कटल्यान्डले २२.१ ओभरमा कुनै पनि विकेट नगुमाई जित हासिल गरेको हो । यो शृङ्खलामा स्कटल्यान्डको यो पहिलो खेल हो ।

 स्कटल्यान्डको जितमा आक्रामक रूपमा प्रस्तुत भएका मुन्सेले ६१ बलमा १२ चौका र सात छक्कासहित १०३ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा मुन्सेको यो पहिलो शतक हो । टस हारेपछि ब्याटिङमा निम्त्याइएको नामिबियाले ३९.२ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो ।  सो खेलमा स्कटल्यान्डका माइकल लियस्कले चार विकेट लिए भने सफ्यान सरिफ र मार्क वाटले समान तीन तीन विकेट लिएका थिए । 

 नामिबिया यसअघि मंगलबार भएको खेलमा नेपालसँग दुई विकेटले पराजित भएको थियो । जितसँगै ३३ खेलबाट ४८ अंक जोडेको स्कटल्यान्ड तालिकाको शीर्ष स्थानमा छ । ३२ खेलबाट ३७ अंकसहित नामिबिया तेस्रो स्थानमा छ ।

स्कटल्यान्डले अब शुक्रबार नेपालसँग खेल्नेछ 

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  २ : २९ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।