एकै पटक धेरै पानी पिए मिर्गौलाको समस्या « Khabarhub

एकै पटक धेरै पानी पिए मिर्गौलाको समस्या

शरीरमा पानीको अभाव नै रोगको कारण हुनसक्छ


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाम्रो शरीरको ७० प्रतिशत भाग पानीले ओगटेको हुन्छ। पानीमा तरलता, स्वच्छता, हलुकापन, शीतलपन प्रदान गर्ने गुण हुन्छन्। पानीको कमीले शरीरभित्र मात्र नभई हाम्रो शरीरबाहिर छालामा पनि विभिन्न प्रकारका नकारात्मक असर देखा पर्दछन्।

खाली पेटमा वा खाना खाएर भरिएको शरीरमा जुनै बेलामा पनी पानी पिउनु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ। बिहान खाली पेटमा मनतातो पानी पिउनु हाम्रो हुन्छ। यो शरीरका लागि आवश्यक हुन्छ। पानीले हाम्रो पाचन प्रणालीमा पनि ठूलो भूमिका खेलेको हुन्छ। पानी बिना शरीरका कुनै पनि क्रिया चल्दैनन्। प्रत्येक मान्छेले दैनिक रुपमा डेढदेखि साढे दुई लिटरसम्म पानी पिउनुपछ।

शरीरमा पानीको कमीले आउने समस्या
शरीरमा पानीको कमी हुँदा विभिन्न समस्या आइरहेका हुन्छन्। हामीले पानीको कमीले भइरहेका समस्यालाई सामान्यीकरण गरे पनि यसले विस्तारै गम्भीर असर गर्न सक्छ। शरीरमा पानीको कमी हुँदा देखिने समस्यालाई बुँदामा निम्न अनुसार उल्लेख गर्न सकिन्छ:
-छाला सुक्खा हुने, चाउरी पर्ने, मुख सुक्ने र धेरै प्यास लाग्ने
-एलर्जी र छाला रातो हुने,
-अनुहारमा दाग आउने समस्या,
-सासमा गन्ध आउँने,
-कब्जीयत हुने,
-थकान महसुस हुने,
-पिसाब पहेंलो हुने वा पिसाबमा संक्रमण हुने,
-पानीको कमी हुँदा किड्नीमा समस्या हुन्छ।
स्वास्थ्य शरीरका लागि दैनिक रुपमा सामान्य मान्छेले डेढदेखि साढे दुई लिटरसम्म पानी पिउनुपर्छ।

खाली पेटमा पानी
बिहान खाली पेटमा मनतातो पानी पिउनु राम्रो हुन्छ। रातभर सुख्खा भएको शरीरका लागि बिहान पानी आवश्यक हुन्छ। साथै पानीमा कागती मिसाएर बिहान पिउँदा पेट सफा गर्ने र दिसा खुलाउने काम गर्दछ।

एकैपटक बढी पानी नपिउने
पानी आवश्यक छ भनेर एकै पटक धेरै पानी पिउनु हुदैन। त्यसले पाचन प्रणाली र मिर्गौलालाई असर पर्न सक्छ। त्यसैले केही समयको अन्तरालमा पानी पिउनुपर्छ।

खाना खाने बित्तिकै पानीको सेवन नगर्ने
हामीले खाना खाने बित्तिकै र खाना खाँदै गर्दा लगत्तै पानी खानु हुँदैन। त्यसले खानालाई पातलो बनाउछ। त्यसले गर्दा पाँचन प्रकृयामा असर पर्न जान्छ। त्यसैले खानापछि करिव १ घन्टासम्म पानी पिउनु हुँदैन।

धेरै चिसो पानी नपिउने
धेरै चिसो पानी पिउदा हाम्रो दाँतदेखि शरीरलाई धेरै असर गर्दछ। धेरै नै चिसो पानी पिउँदा मिर्गौला फेल हुने समस्या हुनसक्छ।

आराम साथ पानी पिउने
पानी उभिएर, हतार हतारमा वा ठाडोघाँटी लगाएर पिउनु हुँदैन। यसले गर्दा पानी सिधै पेटको तल्लो भागमा पुग्छ। यसले तल्लो पेटमा असर गर्न सक्छ। त्यसैले बसेर विस्तारै पानी पिउनु पर्दछ।

तामाको भाडाको पानी सेवन
तामाको भाडोमा राखिएको पानी सेवन गर्दा शरीर र छालामा चमकता ल्याउन निकै मद्दत गर्दछ। (चिकित्सकसँगको कुराकानीको आधारमा तयार पारिएको सामग्री)

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ७ : १५ बजे

‘वैदेशिक रोजगारीका नाममा भएको ठगी नियन्त्रण गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्छ’

काठमाडौं– राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वैदेशिक रोजगारीका नाममा

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई