राष्ट्रपतिको दोस्रो कार्यकालका लागि जो बाइडेनले उम्मेदवारी दिने « Khabarhub

राष्ट्रपतिको दोस्रो कार्यकालका लागि जो बाइडेनले उम्मेदवारी दिने


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ का लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेका छन् । पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “मैले तपाईंहरूलाई पुनः चुनाव लड्ने मेरो योजना रहेको जानकारी गराएको छु ।

“मैले त्यो ‘क्यालकुलस’ बनाइसकेको छु । हामी अपेक्षाकृत चाँडै यसको घोषणा गर्नेछौं,” बाइडेनले आयरल्याण्डको भ्रमणको अन्त्यमा भने ।

अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओले सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा उम्मेदवारी नदिने बताएका छन् ।

पूर्व सैनिक तथा सीआईएका पूर्व निर्देशक पोम्पेओले भविष्यमा राष्ट्रपतिपदका लागि सम्भावित दावेदारी हुनेबारे भने सङ्केत गरेका छन् ।

पोम्पेओले ट्वीटरमा लेखेका छन्, “मेरी पत्नी सुसन र मैले धेरै सोचविचार र प्रार्थनापछि सन् २०२४ को चुनावमा अमेरिकाको राष्ट्रपति पदका लागि आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत नगर्ने निष्कर्षमा पुगेका छौं ।”

रिपब्लिकन नेताले व्यक्तिगत कारण देखाउँदै भन्नुभयो, “यो समय मेरो र मेरो परिवारका लागि सही छैन ।”

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ८ : ४३ बजे

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले