म्यानमामा मोचा आँधीका कारण पाँच जनाको मृत्यु « Khabarhub

म्यानमामा मोचा आँधीका कारण पाँच जनाको मृत्यु


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – म्यानमामा आइतबार आएको भीषण चक्रवात मोचाका कारण पाँच जनाको मृत्यु भएको छ । राज्य प्रशासन परिषद्का अध्यक्ष मिन आङ ह्लिङले सोमबार दिनु भएको जानकारी अनुसार आधी शक्तिशाली भए पनि कम क्षति पुगेको र राम्रो प्रतिरोधी व्यवस्थाको तयारी गरिएको बताएका छन् ।

आँधीबाट मृत्यु हुनेमा शान राज्यको ताचिलेक टाउनसिपका दुई जना, राखिन राज्यको सिट्वे र तौनगुप शहरका एक(एक जना र अय्यारवाडी क्षेत्रको येकी शहरका एक जना रहेको बताइएको छ ।

सञ्चारमाध्यमका अनुसार मोचा चक्रवातले ८६४ घर, ११ धार्मिक भवन, १६ गुम्बा, ६४ विद्यालय, १४ अस्पताल, ७ टेलिकम टावर, ७१ ल्याम्पपोस्ट र ३८ विभागीय भवनमा क्षति पुर्याएको छ ।

मोचा प्रभावित क्षेत्र र राज्यहरूमा राखिन, अय्यारवाडी, बागो, याङ्गुन, मगवे, सागाइङ, चिन, मण्डले र नेपी ताव काउन्सिल क्षेत्र लगायत रहेका छन् । मोचा आइतबार पश्चिमी म्यानमारको रखाइन राज्यको सिट्वे नजिकै १३० माइल प्रतिघण्टा (लगभग २०९ किलोमिटर प्रतिघण्टा) को गतिमा आएको र देशका झण्डै ५०० वडा र गाउँहरूमा व्यापक धनजनको क्षति पुर्याएको बताइएको छ । राखिन र चिन राज्यका शहरहरूमा थप हताहती र सम्पत्तिको क्षति बारे अध्ययन अनुसन्धान भइरहेको छ ।

म्यानमाले सोमबार रखाइन राज्यका १७ वटा टाउनशिपलाई प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र घोषणा गरेको छ । साथै मोचा चक्रवातका कारण दक्षिणपूर्वी एसियाली देशमा सबैभन्दा ठूलो धनजनको क्षति भएको उल्लेख गरिएको छ । सोमबार दिउँसो म्यानमाको मौसम निकायले जनाएअनासर अनुसार मोचा चक्रवात चीनमा न्यून चापीय अवसादमा परिणत भएको छ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ८ : १२ बजे

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम

रास्वपा महाधिवेशन : राति १० बजेदेखि मतदान

काठमाडौं – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत केन्द्रीय