प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे बालेन, डेढ घण्टा छलफल « Khabarhub

प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे बालेन, डेढ घण्टा छलफल


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

लामो समयदेखि संघीय सरकारसँग असन्तुष्ट रहँदै आएका मेयर बालेनले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

सरकारका केही मन्त्रीहरूसमेत सहभागी उक्त छलफल काठमाडौंको सुकुम्वासी समस्या र तीनकुनेको जग्गा मुआब्जाका विषयमा छलफल भएको बताइएको छ ।

हालैमात्र बालेनले प्रधानमन्त्री दाहालसँग भेटेर यी दुई समस्यालाई सहजीकरण गर्न सरकारसँग आग्रह गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले सरोकारवाला मन्त्रीहरूलाई समेत बोलाएर बैठक राखेका हुन् । बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, भूमिसुधार मन्त्री, सामान्य प्रशासनमन्त्री, सहरी विकास मन्त्री तथा ती मन्त्रालयका सचिवहरूको सहभागिता थियो ।

बैठकमा महानगरका तर्फबाट मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित ३२ नम्बर वडाका वडाध्यक्ष पनि सहभागी थिए । बैठक करिब डेढ घण्टा चलेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ६ : ४० बजे

पर्वतमा आधुनिक बाल उद्यान निर्माण

पर्वत- बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले पर्वतमा

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन- चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री कक्ष

मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण

काठमाडौं- पुरातत्व विभागले सांस्कृतिक एवं पुरातात्विक सम्पदाको गैरकानुनी रूपले हुने

युएईद्वारा १११ नेपालीलाई आममाफी

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का

सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभाबी पार्किङ (तस्बिरहरू)

काठमाडौं– सार्वजनिक सडकमा केही मिनेट सवारीसाधन रोके पनि सर्वसाधारणले ट्राफिक