माओवादी पूर्वलडाकुका लागि नियमको दुरुपयोग स्वीकार्य छैन : डा. शेखर कोइराला « Khabarhub

माओवादी पूर्वलडाकुका लागि नियमको दुरुपयोग स्वीकार्य छैन : डा. शेखर कोइराला


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा राजनीतिक चलखेल हुन खोजेको भन्दै आपत्ती जनाएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले तत्कालीन माओवादी लडाकु नेपाली सेनाका सहायक रथी यामबहादुर अधिकारीको म्याद थप गर्ने सरकारको निर्णयको विरोध गरेका हुन् ।

उनले पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने समेत बताएका छन् । 

सरकारले गत भदौ ३१ बाट अनिवार्य अवकाश पाएका अधिकारीलाई विशेष पद सिर्जना गरेर तीन वर्ष म्याद थप गरेकोप्रति कोइरालाको प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।

उनले राष्ट्रिय सुरक्षासँग जोडिएको र राजनीतिबाट टाढा रहेको सेनामा हुने चलखेलले दुर्घटना निम्त्याउने शंका व्यक्त गरेका छन् । 

माओवादी सेनाबाट समायोजन भएर नेपाली सेनामा गएकामध्ये अधिकारी सबैभन्दा उच्च पदमा पुगेका व्यक्ति हुन् ।

कोइरालाले भनेका छन्– नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैँ राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौँ । सम्बन्धित निकायहरूलाई यो कुराको हेक्का होस ।’

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ९ : ०५ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र