ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ « Khabarhub

ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा घर भई हाल ललितपुरको बागडोल बस्ने ५० वर्षीय होम बहादुर तामाङ रहेका छन् ।

तामाङले लक्ष्मण सापकोटा समेत २ जनालाई वैदेशिक रोजगारीको लागि ग्रीस पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति १० लाख ५० हजार रुपैयाँ लाग्छ र  ग्रीस पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक एक लाख १५ हजार रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई पटक पटक गरी १३ लाख ८४ हजार रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनको खोजतलास गर्ने क्रममा बिहीबार काठमाडौंकाे महाराजगन्ज बाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ५ : ३९ बजे

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती