विदेशी लगानी आकर्षण गर्न संविधान संशोधन आवश्यक : फिलिपिनी राष्ट्रपति मार्कोस « Khabarhub

विदेशी लगानी आकर्षण गर्न संविधान संशोधन आवश्यक : फिलिपिनी राष्ट्रपति मार्कोस


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मनिला- फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले विदेशी लगानी आकर्षण गर्नका लागि आफ्नो देशको संविधान संशोधन गर्ने आवश्यकता अध्ययन गर्न शुक्रबार निर्देशन दिएका छन् ।

राष्ट्रपति मार्कोसले गत वर्ष राष्ट्रपति बनेलगत्तै संविधानमा रहेका केही भागले विदेशी लगानीकर्तालाई निरुत्साहित तथा प्रतिबन्धित गरेको टिप्पणी गरेका थिए ।

फिलिपिन्सले सन् १९८७ मा नयाँ संविधान प्राप्त गरेको थियो । जसमा राष्ट्रपतिको अवधिलाई छ वर्ष बनाइएको थियो ।

राष्ट्रपति मार्कोसले पत्रकारसँगको भेटमा कानुनका कुनै न कुनै प्रावधानहरूले लगानीकर्तालाई असहजता पैदा गरिरहेको उल्लेख गरे ।

उनका अनुसार संविधानमा उल्लेखित आर्थिक प्रावधानले स्वेदेशी तथा विदेशी लगानीकर्ताबीचको समानतालाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।

व्यावसायिक विज्ञापन, सार्वजनिक उपयोगिता निजी तथा आवासीय भवनको स्वामित्वदेखि समुद्रमा माछा मार्नेलगायतका विषयमा कायम गरिएको सीमितताबारे पनि राष्ट्रपति मार्कोसले चर्चा गरे ।

उनले आफ्नो प्राथमिक चासो देशलाई लगानीमैत्री राष्ट्र निर्माण गर्नु रहेको बताए । मार्कोसको कार्यकाल सन् २०२८ को मध्यमा सकिँदैछ ।

यसैबीच, फिलिपिन्सको प्रतिनिधिसभाका अध्यक्ष मार्टिन रोमुआल्डेजले पनि आगामी वर्ष संविधानका आर्थिक प्रावधानहरु परिवर्तन गर्न दबाब दिने बताएका छन् ।

चालु वर्षको सुरुमा फिलिपिनी सदनले सन् १९८७ को संविधान संशोधन गर्न अधिवेशन बोलाउने प्रस्ताव पारित गरेको थियो ।

राजनितिज्ञहरूले संविधान संशोधन गर्न चार्टर अभ्यास प्रयोग गर्ने र मार्कोसलाई संविधानको मर्म विपरित उनका बुवाजस्तै लामो समय सत्तामा रहने आकाङ्क्षा भन्दै अलोचना समेत सुरु भएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ६ : ५० बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने