गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली पाल्पामा « Khabarhub

गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली पाल्पामा


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रामपुर – गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली शनिबार पाल्पा आइपुगेको छ । गोरखाबाट गत चैत २९ गते पैदलयात्रामा निस्केको सेनाको टोली तनहुँ, स्याङ्जा हुँदै शनिबार पाल्पाको रामपुर भित्रिएको हो ।

नेपाली सेनाले अङ्ग्रेज फौजलाई परास्त गरेको बुटवलको जितगढी किल्लासम्म पुग्ने उद्देश्यले गोरखाबाट निस्केको टोली पाल्पा हुँदै बुटवलको जितगढी हिँडेको थियो । सो टोलीका सदस्यलाई रामपुरमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनाल, रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालगायतले स्वागत गरेका थिए ।

तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा प्रयोग गरेको बाटो हुँदै उक्त टोली पैदलै बुटवल पुग्ने योजनामा छ । एकीकरणमार्गसहित ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरणको अभियानको सन्देशलाई भावी पुस्तामा हस्तान्तरण गर्ने र राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउने उद्देश्यले सरोकारवाला, स्थानीय निकायको सहभागितामा पदयात्रा कार्यक्रम तय गरिएको दि फेमस महिन्द्र दल गणका गणपति बालमुकुन्द विष्टले बताए ।

सहायक रथी ललिबहादुर कुँवरले गोरखादेखि जितगढी पुग्ने ५५ जनाको टोली रहेको र जिल्ला–जिल्लाका ३५ जना सेनाको सहभागितामा पदयात्रा गरिएको जानकारी दिएका छन् । “राष्ट्रिय एकताको जगेर्ना, पर्यटन प्रवद्र्धन तथा सैनिक नागरिक सम्बन्ध थप प्रगाढ बनाउँदै जाने र नेपालका ऐतिहासिक धरोहर गढी, किल्ला सबैको अवलोकन गर्ने गरी कार्यक्रम आयोजना गरिएको उनले बताए ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख खनालले नेपाल एकीकरणमा हाम्रा वीर पुर्खाहरूले गरेको योगदानको स्मरण गर्दै अहिले जुन कार्य भइरहेको छ त्यसले समाजमा सकारात्मक प्रभाव पारेको बताएका छन् । यस अभियानबाट विभिन्न किल्ला, गढीको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई पदयात्रामा भित्र्याउन सघाउ पुग्ने र नयाँ पुस्तालाई पनि विगतका ऐहासिक क्षण स्मरण गराउने अपेक्षा गरिएको छ ।

नेपालको राष्ट्रिय झन्डाको साथमा नेपाली सेनाको श्रीनाथ गण, कालिबक्स गण, बर्दवाणी गण, सबुज गण, पुरानो गोरख गण र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झन्डा बोकेर बाजागाजासहित पदयात्रा सुरु भएको छ । टोलीले सतीघाट पुगेर तनहुँको टोलीलाई, तनहुँको टोलीले पाल्पाको केलादीघाट आई पाल्पालाई र पाल्पाले नुवाकोटगढी पुगेर रुपन्देहीलाई झन्डा हस्तान्तरण गर्ने कार्यक्रमअनुसार पदयात्रा अघि बढेको छ ।

यात्रामा गोरखाको रिपुमर्दनी गण, तनहुँको रुरु भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण प्रत्यक्ष सहभागी हुनेछन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ८ : २२ बजे

पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम

पर्वत– आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि

सिन्धुपाल्चोकका सबै स्थानीय तहमा राप्रपाको अधिवेशन सम्पन्न

चौतारा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिन्धुपाल्चोकका सबै १२ स्थानीय तहको

चौदण्डीगढीको सातधारेमा निःशुल्क आँखा शल्यक्रिया सेवा शिविर

गाईघाट– यहाँको चौदण्डीगढी नगरपालिका–६ स्थित सातधारेमा निःशुल्क तीनदिने आँखा शल्यक्रिया

स्याङ्जा २ मा रास्वपाबाट पौडेलसहित गुरुङ र डुम्रेको चर्चा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि स्याङ्जाको

‘मर्दानी ३’ मा शिवानी शिवाजी रोयको खतरनाक मिशन, रानी मुखर्जीको दमदार अवतार फर्किँदै

काठमाडौं– बलिउडकी सशक्त अभिनेत्री रानी मुखर्जी फेरि आफ्नो चर्चित भूमिका