शेर्पालाई दुई दिन हिरासतमा राख्न अनुमति « Khabarhub

शेर्पालाई दुई दिन हिरासतमा राख्न अनुमति


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर सङ्गठित ठगी प्रकरणमा मुछिएका नेपाली पूर्वसभासद आङटावा शेर्पालाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

पूर्वसभासद शेर्पामाथि अनुसन्धान गर्न अदालतले दुई दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

उक्त घटनामा नाम जोडिएपछि बुझ्नका लागि भन्दै हिजो सोमबार शेर्पा आफैँ जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेका थिए । यसअघि प्रहरीले शेर्पाको बारेमा अनुसन्धान गरिरहेको बेला आफैँ प्रहरीमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनले शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीलाई हिरासतमै गएर भेटेको सार्वजनिक भएको थियो । उनीसहित अहिलेसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वमन्त्री बालकृष्ण खाणसहित १४ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ८ : ३८ बजे

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको

‘बाढी पीडितबारे बोल्दा ‘घण्टी’ समर्थकबाट बलात्कार गरेर मारिदिने धम्की आउँछ’

काठमाडौं- नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले आफूलाई राष्ट्रिय स्वतन्त्र

बाढीपीडितलाई भायानेटको २० लाख सहयोग

काठमाडौं– रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा