भारतमा ४२ करोड मूल्य बराबरको कोकिन बरामद « Khabarhub

भारतमा ४२ करोड मूल्य बराबरको कोकिन बरामद


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– ब्राजिलबाट पठाइएको ४१ करोड ६० रुपैयाँ भन्दा बढीको कोकिन दिल्लीमा बरामद भएको छ । राजस्व गुप्तचर निर्देशनालय (डिआरआई) को गुप्तचर जानकारीको आधारमा यति ठुलो मात्रामा कोकिन बरामद गरेको हो ।

सो कोकिन ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोबाट कुरियर सेवामार्फत दिल्ली पठाइएको थियो। सूचना प्राप्त भएपछि डिराआई को दिल्ली क्षेत्र एकाइले सो पार्सलको खोजतलास गरेको थियो ।

पार्सलको खोजीका क्रममा १९२२ ग्राम कोकिन बरामद भएको दिल्ली प्रहरीले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य ४२ करोड भएको अनुमान गरिएको छ । यसरी आएको कोकिन दुईवटा बक्समा राखिएको थियो ।

 अनुसन्धान अधिकारीहरूले ती केही पार्सल माथि  शंका गरेका थिए, जसमध्ये कोकिन रहेको पार्सल अस्वभाविक रुपमा भारी भएको अनुभव गरियो र तीनलाई खोलेर हेर्दा कोकिनको ठूला मात्रामा फेला पर्न गयो  । 

अनुसन्धानका क्रममा ९७२ बल भित्रबाट पोलिथिनमा प्याक गरिएको कोकिनका पाउडर बरामद भएको थियो । परीक्षण गर्दा ती सेतो रंगको पाउडर पार्सल भित्र थियो ।  सो बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १० : ३६ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले