ब्राउन सुगरसहित दुई जना पक्राउ « Khabarhub

ब्राउन सुगरसहित दुई जना पक्राउ


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङको कानेपोखरी गाउँपालिका–७ बाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार कानेपोखरी–७ का ४२ वर्षीय चन्द्र कार्की र ४५ वर्षीय शुक्र लिम्बूलाई पक्राउ गरिएको हो ।

को २९ प २८७५ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूलाई पक्राउ गरिएको दाहालले बताए । पक्राउ पर्नेमध्ये कार्की मोटरसाइकल चालक हुन् ।

डीएसपी दाहालका अनुसार शंका लागेपछि प्रहरीले मोटरसाइकल रोकेर चेकजाँच गर्दा साथबाट ७ ग्राम ३ सय मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

त्यस लत्तगै दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेकाविरुद्ध लागूऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन अदालतबाट शुक्रबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको उनले बताए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ५ : ३३ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम