लिबियामा चिनियाँ नागरिकद्वारा सञ्चालित अवैध सुन खानी बन्द « Khabarhub

लिबियामा चिनियाँ नागरिकद्वारा सञ्चालित अवैध सुन खानी बन्द


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

त्रिपोली- लिबियाली अधिकारीहरुले मुलुकको दक्षिणी भेगमा चिनियाँहरुले सञ्चालन गरेको सुन खानी बन्द गरेका छन् । दक्षिणी लिबियाको स्थानीय अधिकारीहरुले विज्ञप्ति जारी गर्दै लिबियाली नागरिकको नेतृत्वमा चिनियाँहरुले सञ्चालन गर्दै आएको अवैध सुन खानी बन्द गरिएको हो ।

दक्षिणी मरुभूमि क्षेत्रमा सञ्चालित ४ सुन खानीहरु बन्द गरिएको जनाइएको छ । ती खानीको सञ्चालनमा चिनियाँसहित चाडियन र नाइजेरियन नागरिकको पनि सहभागिता रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

खानी सञ्चालनमा सहभागी विदेशी नागरिकहरु अवैधानिक रुपमा लिबियामा बसिरहेको लिबियाको महान्यायाधीवक्ताको कार्यालयलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

मुलुकको दुई तिहाइ हिस्सा मरुभूमिले ओगटेको लिबियामा यसअघि सुन खानी सञ्चालनमा रहेकोबारे विस्तृत विवरण आएको थिएन । यद्यपि केही समयअघि लिबियाली अधिकारीहरुले मुलुकको पश्चिममा सञ्चालित सुन खानी बन्द गरेर दर्जनौँ चिनियाँ नागरिकलाई पक्राउ गरेका थिए ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  १२ : ५१ बजे

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि