मदन-आश्रित स्मृतिमा फुटबल प्रतियोगिता सुरु « Khabarhub

मदन-आश्रित स्मृतिमा फुटबल प्रतियोगिता सुरु


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रथम मदन–आश्रित स्मृति नकआउट सेभेन ए साइड खुला फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट पिपुल्स भोलेन्टियर्सको आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा काठमाडौँको मनमैजुस्थित मैदानमा हुने प्रतियोगिता यही जेठ ८ गतेसम्म हुनेछ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतियोगिताको शुभारम्भ गर्दै नेपालको कम्युनिष्ट सिद्धान्तलाई मौलिक बनाएर त्यसलाई लोकप्रिय बनाउन जननेता मदनको योगदान अतुलनीय रहेको बताए । 

पार्टी उपाध्यक्ष प्रमेश हमाल, पोलिटब्यूरो सदस्य दिलु पन्तलगायतले नेपाली राजनीतिमा मदन आश्रितको आदर्श, निष्ठा र सङ्घर्ष सबैका लागि अनुकरणीय रहेको चर्चा गरे । प्रतियोगितामा ८० टोलीको सहभागिता छ । प्रतियोगिता बिहान ७ देखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।

 प्रतियोगितामा सहभागिताका लागि एक टोलीलाई पाँच हजार दर्ता शुल्क राखिएको छ । प्रतियोगितामा विजेता टोलीलाई तीन लाख, उपविजेतालाई दुई लाख र तेस्रो हुने टोली एक लाख रुपैयाँबाट पुरस्कृत गरिनेछ । 

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको दुर्घटनामा परी निधन भएको थियो । 

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ४ : २४ बजे

११ जिल्लामा बर्ड फ्लु : ५ लाख बढी कुखुरा नष्ट

काठामाडौँ– देशका विभिन्न ११ जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण

तातो हावाको लहर कायमै रहने सम्भावना

काठमाडौं– देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को

थलथलेमा खानेपानीको समस्या हट्यो,३३ घरमा ‘एक घर, एक धारा’ जडान

भोजपुर– यहाँको थलथले खानेपानी आयोजनामार्फत ३३ घरमा ‘एक घर, एक धारा’

अवरुद्ध बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो 

म्याग्दी– सडकमा थुप्रिएको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई

म्याग्दीको मुनामा पक्की नाला निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण भएको