गाई फार्मको ‘हब’ बन्यो बाहुनडाँगी « Khabarhub

गाई फार्मको ‘हब’ बन्यो बाहुनडाँगी


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

झापा – झापा मेचीनगर नगरपालिका–४ बाहुनडाँगी गाईफार्मको ‘हब’ बनेको छ । यहाँ साना र ठूला गरी हाल २४ व्यावसायिक गाईफार्म सञ्चालनमा छन् । यहाँ सञ्चालित गाईफार्मबाट दैनिक रु सात लाखभन्दा बढीको दूध बिक्री भइरहेको निरौला कृषि तथा पशु फार्मका सञ्चालक केदार निरौलाको भनाइ छ ।

उनले यहाँका गाईफार्ममा न्यूनतम ३० देखि अधिकतम दुईसय वटासम्म उन्नतजातका गाईपालन भइरहेको बताए । बाहुनडाँगीका अधिकांश किसानले भारतको बैग्लोर तथा केरलाबाट उन्नत जातका गाई ल्याउने गरेका छन् । यहाँका किसानले होलस्टेन, साइबल र जर्सी जातका गाईपालन गर्दै आएको उनको भनाइ छ । जसमध्ये साइबल जातको गाईले तुलनात्मक रुपमा धेरै दूध दिने किसानको अनुभव छ ।

“साइबलले एक पटकमा करिब २० लिटरसम्म दूध दिन्छ, गाई हेर्दा पनि राम्रो र दूध पनि बढी दिने भएकाले किसानका लागि आकर्षणको गाई बनेको छ”, उनले भने । उनले १० महिनाअघि मात्र बैग्लोरबाट रु दुई लाख ३५ हजारका दरले १४ वटा साइबल जातका गाई खरिद गरेर ल्याइएको बताए । जसमध्ये तीन वटा उनकै फार्ममै छन् ।

उनले मात्रै दैनिक छ सय लिटर दूध बिक्री गर्नुहुन्छ । प्रतिलिटर रु ७७ का दरले दैनिक रु ४५ हजारभन्दा बढीको कारोबार गर्छन। विगत ३५ वर्षदेखि बाहुनडाँगीमै सुपारी खेती गर्दै आएका निरौलाले छ वर्षयता गाईफार्म सुरु गरेका हुन् ।

लामो समयदेखि हात्तीको आक्रमणबाट पीडित बनेका बाहुनडाँगीवासी गाईपालनबाट सन्तुष्ट छन् । “बाली लगायो जङ्गली हात्तीको आक्रमणका कारण थन्क्याउनै पाइँदैन थियो”, उनले भने “गाईपालनले आम्दानी पनि दिएको छ भने काम गर्न सहज पनि भएको छ ।” उनले गाईको आहाराका लागि बारीमै जौ, नेपियरलगायत जातका घाँस खेती गर्दै आएको बताए।

प्रदेश सरकारले जिल्ला पशु सेवा कार्यालयमार्फत दूधमा अनुदान समेत दिँदै आएको छ । उनका अनुसार प्रतिलिटर रु दुईको दरले दिइने अनुदानले किसानलाई प्रोत्साहन मिलेको बताए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ९ : २४ बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको