यूईएफए सुपर कपको उपाधि म्यानचेस्टर सिटीलाई « Khabarhub

यूईएफए सुपर कपको उपाधि म्यानचेस्टर सिटीलाई


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस क्लब म्यानचेस्टर सिटीले यूईएफए सुपर कपको उपाधि जितेको छ ।

गएराति ग्रीसको एथेन्समा भएको खेलमा स्पेनिस क्लब सेभियालाई ५–४ गोलले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो । योसँगै सिटीले सिजनको पहिलो उपाधि जित्न सफल भएको छ ।

निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा सिटीका एर्लिङ हालान्ड, जुलियन अल्भारेज, माटियो कोभासिस, ज्याक ग्रेलिस र केल वाल्करले गोल गर्न सफल भए । यस्तै, सेभियाका नेमान्जा गुडेल्जले अन्तिम प्रहारमा गोल गर्न सकेनन् । लुकास ओकम्पास, राफा मिर, इभान राकिटिच र गोन्जालो मोन्टेलले गोल गरे ।

त्यसअघि युसुफ नासिरीले गोल गर्दै २४ औँ मिनेटमा सेभिल्लालाई अग्रता दिलाएका थिए । तर, ६३ औँ मिनेटमा कोल पाल्मरले गोल गर्दै सिटीलाई बराबरीमा ल्याएका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ७ : ३७ बजे

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा