यूईएफए सुपर कपको उपाधि म्यानचेस्टर सिटीलाई « Khabarhub

यूईएफए सुपर कपको उपाधि म्यानचेस्टर सिटीलाई


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस क्लब म्यानचेस्टर सिटीले यूईएफए सुपर कपको उपाधि जितेको छ ।

गएराति ग्रीसको एथेन्समा भएको खेलमा स्पेनिस क्लब सेभियालाई ५–४ गोलले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो । योसँगै सिटीले सिजनको पहिलो उपाधि जित्न सफल भएको छ ।

निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा सिटीका एर्लिङ हालान्ड, जुलियन अल्भारेज, माटियो कोभासिस, ज्याक ग्रेलिस र केल वाल्करले गोल गर्न सफल भए । यस्तै, सेभियाका नेमान्जा गुडेल्जले अन्तिम प्रहारमा गोल गर्न सकेनन् । लुकास ओकम्पास, राफा मिर, इभान राकिटिच र गोन्जालो मोन्टेलले गोल गरे ।

त्यसअघि युसुफ नासिरीले गोल गर्दै २४ औँ मिनेटमा सेभिल्लालाई अग्रता दिलाएका थिए । तर, ६३ औँ मिनेटमा कोल पाल्मरले गोल गर्दै सिटीलाई बराबरीमा ल्याएका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ७ : ३७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार