छठका लागि जनकपुरमा चार करोडको केरा आयात « Khabarhub

छठका लागि जनकपुरमा चार करोडको केरा आयात


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

धनुषा– छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै रू चार करोडको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । 

छठमा सिङ्गै केराको घरी भगवान्लाई अघ्र्यका रुपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए। उनका अनुसार केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन ।

स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको अध्यक्ष यादवको भनाइ थियो । ‘गत वर्ष पौने दुई करोडभन्दा बढीको केरा जनकपुर भित्र्याइएको थियो’, उनले भने, ‘यस वर्ष झन्डै ७० ट्रक केरा भित्र्याइएका छन् ।’

जनकपुरमा गोपाल र वंशीभोग जातका केरा सप्तरी जिल्लाको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए।

छठ पर्वसँगै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको उनले बताए। ‘छठ मनाउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो । बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५-२० ट्रक बढी केरा मगाइएको छ’, उनले भने ।

समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी आउँछ। प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च रू छ लाख पर्ने उनले जानकारी दिए। बजारमा प्रत्येक केराको घरीलाई रू पाँच सयदेखि एक हजारसम्ममा बिक्री गरिन्छ ।

नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन् । नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिडलगायत जातका केराखेती उत्पादन हुँदै आएको छ । सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ११ : ५४ बजे

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका