दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता, सरकारले प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने, उपराष्ट्रपति यादव र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता, विकसित राष्ट्रलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्रीको अपिल, न्यायाधीशको अभाव भएपछि सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ स्थगित, यसपालिको तीजमा पशुपतिनाथको दर्शन गर्न सहजलगायतका समाचारले प्रमुख स्थान पाए ।

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच भेटवार्ता भएको हो ।

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन अमेरिकामा रहेका प्रधानमन्त्री दाहालले त्यहाँस्थित नेपाली सञ्चारकर्मीसँग हिजो भएको भेटमा नेपाली नागरिकलाई मतादानको अधिकारबाट बञ्चित हुन नदिइने बताएका हुन् ।

सरकारले प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने
जलविद्युत् आयोजना निर्माण गर्नुभन्दा बढी समस्या उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि हुने गरेको छ । अधिकांश प्रसारण लाइनका आयोजना रुग्ण अवस्थामा छन् । कतिपय आयोजना सम्पन्न गर्न १३ वर्षसम्म लागेको छ । भरतपुर–बर्दघाट प्रसारण लाइन त्यसैको एउटा उदाहरण हो ।

उपराष्ट्रपति यादव र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता
नेपाल भ्रमणमा रहेको कम्युनिष्ट पार्टी अफ चाइना (सिपिसी) को युनान प्रान्तको स्थायी समिति सदस्य तथा प्रान्तीय प्रचार विभाग प्रमुख जेङ यानको नेतृत्वको टोलीले आज उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेको छ ।

गठबन्धनबाट नेकपा एसलाई निकाल्ने षड्यन्त्र भइरहेको छ: माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनबाट आफ्नो पार्टीलाई निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

सोमबार पार्टी कार्यालय आलोकनगरमा नेपाल नेवाः राष्ट्रिय संघ९समाजवादी०ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले अहिले गठबन्धनलाई कमजोर पार्न र गठबन्धनबाट समाजवादीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।

परराष्ट्रमन्त्री साउद र राष्ट्रसङ्घका उपमहासचिवबीच भेट
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटघाट भएको छ ।

विकसित राष्ट्रलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्रीको अपिल
परराष्ट्रमन्त्री एनपी साउदले जलवायु परिवर्तनले पारेको असरबाट जुध्न विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न विकसित राष्ट्रलाई अपिल गरेका छन् ।

शेखर कोइरालाले बोलाए आफू पक्षको बैठक
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि संस्थापनइतर समूहले छुट्टै बैठक बोलाएको छ।

नेता शेखर कोइरालाले १४ औं महाधिवेशनमा आफू पक्षबाट उम्मेदवार भई जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन्।

राप्रपा नेपालले असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने
राप्रपा नेपालले आगामी असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ। आज पार्टी अध्यक्ष कमल थापाको उपस्थितिमा बसेको समीक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासकको पुत्ला जलाउन तथा राँके जुलुस प्रर्दशन गर्ने निर्णय गरेको हो।

राजनीतिक दलद्वारा सांसदको भूमिका ‘प्यारालाइज’ भइरहेको छ  : सांसद परियार
‘जिम्मेवार सांसद आउने अवस्था कहिले बन्ला रु दलले पनि सांसदलाई त्यस प्रकारले स्वतन्त्रत र जनताको पक्षमा काम गर्ने विश्वासको वातावरण कसरी बनाउने होला रु’, राष्ट्रिय स्वतन्त्र पार्टीका सङ्घीय समानुपातिक सांसद सन्तोष परियारसँग राससले संसदीय अभ्यासबारे जिज्ञासा राख्ने क्रममा उनी स्वयंले आफ्नो जिज्ञासा प्रकट गरे ।

शिक्षा विधेयक परिमार्जनका लागि परीक्षा बोर्डका कर्मचारी संगठनको आग्रह
राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी सङ्घ–सङ्गठनले संसद्मा पुगेको विद्यालय शिक्षासम्बन्धी विधेयकले बोर्डको स्वायत्तता र कार्यरत कर्मचारीको हक हितमा असर पार्ने भन्दै असन्तुष्टि जनाएका छन् ।

न्यायाधीशको अभाव भएपछि सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ स्थगित
आजका लागि पेसी तोकिएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

मुद्दा हेर्नका लागि न्यायाधीश अभाव भएको कारण जनाउँदै काठमाडौँ जिल्ला अदालतले नाबालिग बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको मुद्दा स्थगित भएको जनाएको हो ।

आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने
राहदानी विभागले सोमबारदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जनाएको छ ।

विभागका अनुसार सोमबारदेखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने भएको हो ।

स्थगित बीपी साहित्य महोत्सव यही असोज ३ गते हुने
नेपाली कांग्रेसले बीपी साहित्य महोत्सव अन्तर्गतको तेस्रो र अन्तिम दिन ९भदौ २६ गते० स्थगित भएको कार्यक्रम असोज ३ गते गर्ने भएको छ । असोज ३ गते बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा महोत्सव आयोजना हुने सो पार्टीले जनाएको छ ।

यसपालीको तीजमा पशुपतिनाथको दर्शन गर्न सहज
पशुपति क्षेत्र विकास कोषले स्वयंसेवक परिचालनमा नियमन गरेपछि विगतका वर्षको तुलनामा यस वर्ष पशुपति क्षेत्रमा हरितालिका ९तीज० पर्व व्यवस्थित भएको छ । पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि स्वयंसेवकमा निगरानी गरेपछि व्रतालु महिलाले सहज रुपमा दर्शन गर्न पाएका हुन् ।

नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु
नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको हो ।

मनाइयो वास्तु दिवस, गरियो विश्वकर्मा पूजा
आश्विन सङ्क्रान्ति अर्थात् कन्या राशिमा सूर्य प्रवेश गरेका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाएका छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीर राखी विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाइएको हो ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ८ : ५९ बजे

खानीखोलामा श्रमाधान–कल सेन्टर सञ्चालन

काभ्रेपलाञ्चोक– जिल्लाको दुर्गम खानीखोला गाउँपालिकामा श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित

रास्वपाको निष्कर्ष : कांग्रेसले कसैको इशारामा राजनीतिक अस्थिरता निम्त्याउन खोज्यो

काठमाडौं-सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख प्रतिपक्षी दल

भौतिक संरचनामा प्रश्न उठाएपछि रंगशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा  

काठमाडौं– दशरथ रङ्गशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ ।

उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उत्पादन

रूसी सेनामा कार्यरत भोजपुरका युवकले युद्धमा गुमाए ज्यान

रसियन सेनामा भर्ती भएर युक्रेनविरुद्धको युद्धमा सहभागी भोजपुरका एकजना युवकले