दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा नेपालले गर्‍यो गाजामा सर्वसाधारणमाथि भइरहेको आक्रमणको निन्दा, मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीको ‘ब्रिफिङ’, परराष्ट्रमन्त्री साउदको अमेरिका भ्रमण स्वीकृत, पूर्वराष्ट्रपति भण्डारीद्वारा लिङ्ग भैरवी मन्दिरमा पूजा, राष्ट्रपतिले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने, दसैँ बिदामा पनि आयोगले सेवा प्रवाह गर्ने, निर्माण व्यवसायीको छ अर्ब भुक्तानी हुनेलगायतका समाचारले प्रमुख स्थान पाए ।

परराष्ट्रमन्त्री साउदको अमेरिका भ्रमण स्वीकृत
सरकारले परराष्ट्रमन्त्री एनपी साउदको अमेरिकाको भ्रमण स्वीकृत गरेको छ।

बीआरआई नेपालको आर्थिक विकासका निम्ति उपयोगी : सम्मानित नेता खनाल
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले बीआरआई नेपालको आर्थिक विकासका निम्ति उपयोगी हुने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीको ‘ब्रिफिङ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गरेका छन्। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गराएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

नेपालले गर्‍यो गाजामा सर्वसाधारणमाथि भइरहेको आक्रमणको निन्दा
नेपाल सरकारले प्यालेस्टाइनको गाजा क्षेत्रमा सर्वसाधारणमाथि आक्रमण भइरहेको भन्दै निन्दा गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको आक्रमणको निन्दा गरेको हो ।

पूर्वराष्ट्रपति भण्डारीद्वारा लिङ्ग भैरवी मन्दिरमा पूजा
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौँको बसुन्धारास्थित लिङ्ग भैरवीको मन्दिरमा पुगेर पूजाआजा गरेकी छन् । नवरात्रको अवसर पारेर पूर्वराष्ट्रपति भण्डारीले लिङ्ग भैरवीमा आज दिउँसो पूजा आराधना गरेकी हुन् ।

राष्ट्रपतिले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने भएका छन् ।

राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको सूचनाका अनुसार ७ कात्तिक मंगलबार विजया दशमीका दिन विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने भएका हुन् ।

धार्मिक सद्भाव र सामाजिक सहकार्य कायम गरौँ : नेता पौडेल
नेकपा (माओवादी केन्द्र)का सचिव तथा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले धार्मिक सद्भाव र सामाजिक सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । उक्त पार्टीको बेनी नगर कमिटीले दसैँ तिहारलगायत चाडपर्वको अवसरमा आज बेनीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले धार्मिक र सामाजिक सद्भाव खलबल्याउने तत्त्वप्रति सचेत रहनुपर्ने बताए ।

आगामी निर्वाचनमा गठबन्धन गर्न सकिँदैन : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी निर्वाचनमा गठबन्धन गरेर गए कांग्रेस एक रहन नसक्ने बताएका छन् ।

नेपाल प्रेस युनियन काठमाडौँले बिहीबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा थापाले ८४ को निर्वाचनमा गठबन्धन हुन नसक्ने भन्दै यदि कांग्रेस गठबन्धन गरेर गए पार्टी एक नरहने बताएका हुन् ।

दसैँ बिदामा पनि आयोगले सेवा प्रवाह गर्ने
दसैँ बिदामा पनि राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय बिहान ११ः०० देखि दिउँसो २ः०० बजेसम्म खुला रहने भएको छ ।

आमनागरिकको मानवअधिकार संरक्षणलाई दष्टिगत गरी राखी बिदाका दिनमा पनि कार्यालय बन्द नगर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

निर्माण व्यवसायीको छ अर्ब भुक्तानी हुने
गत आर्थिक वर्षमा दायित्व सिर्जना भइ भुक्तानी बाँकी रहेको निर्माण व्यवसायीहरूको छ अर्ब भुक्तानी हुने भएको छ ।

निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरी सम्बन्धित कार्यालयमा परिपत्र गरिसकेको छ ।

कोशी प्रदेशमा राप्रपाद्वारा प्रमुख प्रतिपक्षी दलको दाबी
कोशी प्रदेशका सबै दलले सरकारलाई विश्वासको मत दिएर समर्थन गरे पछि कोशी प्रदेशमा राप्रपाले प्रमुख प्रतिपक्षी दलको दाबी गरेको छ ।

बिहिबार प्रमुख प्रतिपक्षी दलको नेताका लागि राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले कोशी प्रदेश सभामा निवेदन दिएका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालले आज दिउँसो एक सूचना जारी गर्दै उनको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको हो ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ९ : ०० बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन