स्कटल्याण्डद्वारा नामिबिया पराजित « Khabarhub

स्कटल्याण्डद्वारा नामिबिया पराजित


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको आफ्नो चौथो खेलमा नामिबिया स्कटल्यान्डसँग ४३ रनले पराजित भएको हो।

स्कटल्याण्डले दिएको २२२ रनको लक्ष्य नामिबिया ३८ दशमलव चार ओभरमा १७८ रनमै समेटियो।

नामिबियाका लागि लो ह्यान्डर लरेन्सले सर्वाधिक ५२ रनको योगदान दिए भने कप्तान जेरार्ड इरस्मसले ४३ रन जोडे । त्यस्तै जेन ग्रिनले २५ तथा शउन फोउच र रुबेन ट्रम्पलम्यानले समान १०/१० रन जोडे ।

स्कटल्यान्डका लागि मार्क वाटले चार, माइकल लिस्कले तीन, ब्रेन्डन म्याकमुलनले दुई तथा क्रिस ग्रेभेसले एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको गरेको स्कटल्याण्डले ४८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै २२१ रनको योगफल बनाएको थियो ।

स्कटल्याण्डका लागि क्रिस्टोफर म्याकब्राइडले सर्वाधिक ४७ रनको योगदान दिए भने टमस म्याकिन्टोसले ३४ तथा कप्तान रिची बेरिङ्टनले ३२ बनाए । त्यस्तै माइकल लिस्कले २९ रन बनाउँदा म्याथ्यु क्रसले १६ रन तथा क्रिस ग्रेभेसले १४ रन जोडे । मार्क वाटले १० रन बनाए ।

नामिबियाका लागि रुबेन ट्रम्पेलम्यान एक्लैले पाँच विकेट लिए भने ट्याङ्गिनी लुङ्गिमिनीले दुई विकेट लिए । त्यस्तै बेर्नार्ड स्कोल्ट्ज, बेन सिकोन्गो र पिक्की या फ्रान्सले समान एक एक विकेट झारे ।

यस सिरिजमा नामिबिया चारै खेलमा पराजित भएको छ । यसअघि नामिबिया नेपालसँग दुई विकेट र तीन विकेट तथा स्कटल्यान्डसँग १० विकेटले पराजित भएको थियो ।

नामिबिया ३४ खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । लिग दुईको च्याम्पियन बनिसकेको स्कटल्यान्ड ३५ खेलबाट ५० अङ्कका साथ शीर्ष स्थानमा छ । यस शृङ्खलाको अन्तिम खेल भोलि नेपाल र स्कटल्यान्डबीच हुनेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ६ : २४ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।