जसपाकी मञ्जु शर्मा समानुपातिक सांसद निर्वाचित | Khabarhub Khabarhub

जसपाकी मञ्जु शर्मा समानुपातिक सांसद निर्वाचित


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) की नेतृ मञ्जु शर्मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएको जानकारी गराएको छ ।

आयोगको आज बसेको बैठकले शर्मालाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम (५) बमोजिम प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरिएको जानकारी दिएको हो ।

समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त रहेको स्थानमा शर्मा निर्वाचित भएकी हुन् । विसं २०७९ सालको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जसपाबाट बन्दसूचीको क्रम ५२, लिङ्ग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रहमानको निधन भएपछि सो पद रिक्त भएको थियो ।

सो रिक्त पदमा बन्दसूचीको क्रम ५३, लिङ्ग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम २ मा रहेकी शर्मा निर्वाचित भएको आयोगले आज प्रकाशित गरेको प्रेस विज्ञप्तिमार्फत जनाइएको छ । शर्मालाई प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा ३८ को उपदफा (२) सँग सम्बन्धित अनुसूची–३० बमोजिमको प्रमाणपत्र प्रदान गर्ने निर्णय गरिएको आयोगको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको निर्णयको जानकारी सङ्घीय संसद् र सम्बन्धित दललाई दिइने सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ७ : ०० बजे

आरआर क्याम्पसमा तोडफोड गरेको आरोपमा नेविसंघका १८ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का

उपप्रधानमन्त्री सिंहले मागे मन्त्रालय मातहतका विभाग प्रमुखसँग लिखित कार्ययोजना

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय मातहतका विभाग

राजावादीलाई एमाले सांसदले भने- राजसंस्था फर्काउने भनेर समयको बर्बाद नगर्नुहोस्

काठमाडौं– सत्तारूढ नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले राजावादीलाई राजसंस्था फर्काउने

युद्धको मारमा आईपीएल : भएका थिएनन् लिग चरणकै १२ खेल, पहिलो र दोस्रोमा थिए गुजरात र बेंगलुरू

नयाँ दिल्ली– हिमाचल प्रदेशको धर्मशाला रंगशालामा बिहीबार पञ्जाब र दिल्लीबीचको

लोकतान्त्रिक पद्धतिको अवलम्बन गरेर नीति तथा कार्यक्रम परिमार्जन गर्नुपर्छ : सांसद शर्मा

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले लोकतान्त्रिक