विदेशमा नेपाली खानाको छुट्टै महत्त्व हुन्छ | Khabarhub Khabarhub

विदेशमा नेपाली खानाको छुट्टै महत्त्व हुन्छ


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

नेपाली विश्वका जुनसुकै देशको कुनामा पुगेका छन्। नेपालबाट विभिन्न देशमा गएर होटल चलाएर नेपाललाई विश्व सामु समावेश गर्न सफल व्यक्ति थुप्रै छन्। नेपाली युवाको आकर्षण पछिल्लो समय भान्सामा पनि देखिन्छ। पाक कलामा नेपालीहरु चर्चितसमेत छन्। त्यस्तै एक व्यक्तित्व सेफ गणेशबहादुर श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश :

तपाईं भान्साको क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
म सानैदेखि खानाको परिकार बनाउने शोख भएको मान्छे हुँ। घरमा वास्ता नै नलाग्ने तर बाहिर जाँदा गर्न मन लाग्ने भएको स्वभाव थियो। जसले गर्दा नै म यो क्षेत्रमा प्रवेश गरेको हुँ। दिल्लीको ठूलो रेस्टुरेन्टमा पाँच वर्ष काम गरेँ। पछि नेपालमा सोल्टी होटेल खुल्दै छ भन्ने खबर सुनेर निवेदन दिएको थिएँ। त्यसपछि २०६७ मा सोल्टी होटेल खोल्नको लागि आउनु नै पर्नेभयो। पाँच वर्ष सोल्टी होटेलमा काम गरेँ। त्यसपछि आफै ठूलो ठूलो रेस्टुरेन्ट खोल्ने मौका पाएँ। समयको उचित प्रयोग गरेर सिमलामा होटेल खोलेको थिएँ। त्यो विश्वमा नै प्रसिद्ध होटेल भएको थियो।

तपाईंले सोल्टी होटेलमा काम गर्दा अरु होटल कस्ता थिए ?
अन्य धेरै होटेल नै थिएनन्। त्यही सोल्टी,अन्नपूर्ण मात्र रहेका थिए। त्यो बेला थोरै होटल भएको कारण सरल र सहज रूपमा चलाउन पाइन्थ्यो। अहिले त कति हो कति गणना नै गर्न सकिँदैन।

त्यो समयमा नेपालका रेस्टुरेन्टमा पहिले र अहिले के फरक पाउनु भयो ?
पहिला अर्कै सिस्टम थियो। धेरै मान्छे बाहिर गएर खाने चलन थिएन। अहिले त्यसको उल्टो भएको छ। बाहिर होटेलमा नै खाने घरको खानाखान नखोज्ने अवस्था सिर्जना भएको छ।

नेपाली खानाबाट नेपालको पर्यटन प्रवर्द्धन गर्न के कस्ता विधि अपनाउनुपर्छ ?
मलाई धेरै गाह्रो परेको थियो। छोइला, मम, चिकेन चिल्ली, बारा, जस्ता अन्य सामान राखेको थिएँ। पछि अन्य मेन्युको पनि व्यवस्था गरिएको छ। त्यसको लागि मैले अवार्ड पनि जितेको छु।

खानाको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न बेलायतमा रहेर पनि नेपालको लागि योगदान पुर्याउनु भएको छ ?
त्यसको लागि धेरै नै योगदान पुर्याएको छु। अवार्डहरू पनि पाएँ। संसारलाई नेपाल चिनाउने मौका पाएँ। बेलायतमा मैले अहिले तीन वटा रेस्टुरेन्टहरू खोलेको छु। जोजो लापा, जोजो लउज, बुलु प्याड भन्ने नयाँ खोलेको छु।

तपाईंले त्यहाँ रहेर रेस्टुरेन्ट चलाउनु भएको कति वर्ष भयो ?
५१ वर्ष भयो। मान्छेको लागि के कस्तो खाना दिँदा उचित हुन्छ कस्तो मन पराउँछन् त्यसको जानकारी गराउनुपर्ने हुन्छ। त्यसमा लगनशील भएर लागियो भने सफलता प्राप्त हुन्छ। मेरो होटेलमा कर्मचारी नेपाली, वेटरहरु अंग्रेजी तथा इन्डियन गरी सबै स्थानका रहेका छन्।

तपाईंको रेस्टुरेन्टमा के कस्ता प्रतिष्ठित व्यक्ति आएको पाउनुभयो ?
डेबिट बेकम, सचिन तेन्दुकर, अमिता बचन, अन्य धेरै आइसक्नु भएको छ। अहिले अझ बढी विकास तथा प्रसिद्द भएको जस्तो लाग्छ। जति पनि छन् प्राय त्यही आउँछ। अवार्ड जितेपछि त मलाई भेट्न भनेर आएका थिए।

नेपाल सरकारबाट पाउनुपर्ने उच्च पदक पनि प्राप्त गर्नुभयो कस्तो लाग्छ ?
जनसेवा श्री पदक राष्ट्रपति विद्या भण्डारीको हातबाट पाएको हुँ। यस्ता थुप्रै पदक पाएको छु।

रैथाने खानामा कसरी प्रवर्द्धन गर्न सकिएला ?
अहिलेका ग्राहक एक पटक आएपछि सधैभर त्यही माग्छन्। त्यसमा हामीले सुधार गरिरहेका हुन्छौँ। नयाँ टेस्ट लिन नै चाहँदैन। त्यसकारण अन्य खानामा ध्यान नै नदिएको अवस्था छ।

नेपालका पर्यटनको लागि के कस्ता योजना बनाउनु भएको छ ?
च्यारिटी सो गरेर नेपाललाई बेलायतसम्म चिनाउन सकिन्छ। हरेक सेक्टरबाट मान्छे आएको हुन्छ किनकी नेपाली भनेपछि अर्को छुट्टै महत्त्व दिएको पाइन्छ। सम्मान मिल्छ त्यसमा भने गर्व लाग्छ। योजना धेरै रहेका छन्। अलिअलि पुरा गर्दे जाँदै छौँ। त्यहाँसम्म पुग्न समय लाग्छ। तर अवश्य गन्तव्यमा पुगिन्छ।

तपाईंको रेस्टुरेन्टको सजावट नेपालीपन झल्कने खालकै हुन्छ, किन ?
मैले नेपाली सजावट नै बनाएको हुन्छु। नेपाली पनको विकासमा नै आधारित रहेको पाइन्छ। नेपालीपन ल्याउन खोजको छु। नेपाली खाना, नेपाली पन सबै मिलेको छ। विदेशमा पनि नेपाली खानाको छुट्टै महत्त्व हुन्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)

प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ८ : १३ बजे

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल