विपदमा परेकालाई तत्काल राहत उपलब्ध गराउन सांसदहरूको माग | Khabarhub Khabarhub

विपदमा परेकालाई तत्काल राहत उपलब्ध गराउन सांसदहरूको माग


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसदहरुले प्राकृतिक विपत्तिमा परी पूर्वी नेपालमा ठूलो मात्रामा जनधनको क्षति भएको उल्लेख गर्दै पीडितलाई तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदहरुले ताप्लेजुङ, सङ्खुवासभा र पाँचथरलगायतका जिल्लामा अत्यधिक वर्षाका कारण बाढीपहिरो आई क्षति भएकाले घरबारविहीनलाई तत्काल बासको प्रबन्ध गर्न, बेपत्ता भएकाहरूको खोजी गर्न माग गरेका हुन् ।

सांसद शान्ति विकले हरेक वर्ष वर्षाका कारण मानवीय क्षति हुने र हाल ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएकाले पीडितलाई तत्काल राहतको प्रबन्ध गर्न माग गरिन् । उनले पूर्वतयारीमा विशेष ध्यान दिन आवश्यक रहेकोमा जोड दिइन् ।

सांसदहरु शेरबहादुर कुँवर, शान्ति चौधरी र सम्झना थपलिया, हितराज पाण्डे, हेमराज राई र ज्ञानेन्द्रबहादुर कार्कीले पनि पाँचथर, ताप्लेजुङ र सङ्खुवासभामा बाढीपहिरोका कारण पीडित नागरिकलाई राहतको प्रबन्ध गर्न माग गरे । सांसद सूर्यबहादुर थापाले पीडितलाई दीर्घकालीन राहतको प्रबन्धको गर्नुपर्नेमा जोड दिए ।

सांसद सूर्यमान तामाङ दोङले काभ्रे, रामेछाप र सिन्धुलीमा आयोजनास्थल रहेका रणनीतिक महत्वका आयोजना अगाडि बढाउन बजेटको प्रबन्ध हुन नसकेकामा गुनासो गरे। उनले किसानको उपजको बजारीकरण गर्न माग गरे ।

सांसद विनिताकुमारी सिंहले सामुदायिक विद्यालयका कार्यरत कार्यालय सहयोगी र कर्मचारीले उचित पारिश्रमिक नपाएको र आगामी आर्थिक वर्षको बजेटमासमेत सम्बोधन नभएकामा सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद बिना जैसवालले धर्म संस्कृति तथा कलाको प्रवर्द्धनका लागि वीरगन्ज महानगरपालिकाले अगाडि बढाएको अभियानको सरहाना गरिन् । 

सांसद शान्ति श्रेष्ठले नेपालको संविधानले सबै नागरिकलाई समान अधिकार दिएको भए पनि बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई हेरचाहको प्रबन्ध गर्न र उनीहरूको अधिकारको सम्मान गर्न माग गर्नुभयो । त्यस्ता नागरिकलाई परिचयपत्रको व्यवस्था र हेरचाह केन्द्रको प्रबन्ध गर्न माग गरिन् ।

सांसद शिव नेपालीले किसान बाटोमा उत्पादन फाल्न बाध्य भएको भन्दै तत्काल राहतको प्रबन्ध गर्नका साथै स्मार्ट लाइसेन्समा भइरहेको ढिलासुस्तीप्रति पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद सन्तोष परियारले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई आक्रमणमा सहभागीलाई कारबाही नगरी त्यत्तिकै छाडिएकोमा आपत्ति प्रकट गरे । सांसद सराज अहमद फारुकीले वाणगङ्गा सिँचाइ योजना सरकारको प्राथमिकतामा नपरेको तथा कृष्णनगर नगरपालिकामा रहेको अधुरो योजना पूरा गर्न माग गरे ।

सांसद सीताकुमारी रानाले जल, जमिन र जङ्गलको संरक्षण गर्ने र भूमिपूजन गर्ने मगर समुदायमाथि विभाजन गर्न खोजिएको र राष्ट्रिय जनगणनामा पहिचान मेट्न खोजिएकोमा गुनासो गरिन् ।

सांसद सुमना श्रेष्ठले भित्रुवन विश्वविद्यालयका परीक्षामा नेपाली भाषामा प्रश्नपत्र बनाउन र विद्यार्थीलाई अनावश्यकरूपमा अनुत्तीर्ण गराउन खोजिएकोमा शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराइन् ।

सांसद सोविता गौतमले किसान र उपभोक्ताकाबीचमा विभिन्न छ तहको विचौलिया रहेकाले त्यसलाई नियन्त्रण गर्न माग गरिन् । 

सांसद सञ्जयकुमार गौतमले तत्कालीन राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न गरेको प्रस्ताव आज पनि सान्दर्भिक रहेकाले सर्वदलीय सहमति जुटाएर त्यसलाई अगाडि बढाउनु पर्ने बताए । 

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  १२ : ५७ बजे

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि