दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा मंगलबारसम्मका लागि संसद बैठक स्थगित, राष्ट्रपति पौडेलले बोलाए सर्वदलीय बैठक, प्रधानमन्त्री प्रचण्डले डाकेको सर्वदलीय बैठक निष्कर्षविहीन, अवैध ओसारपसारको प्रभावकारी नियन्त्रण गरिने, बाढीले पुरिएको डेढ करोड फेलालगायतका समाचारले प्रमुख स्थान पाए ।

राष्ट्रपति पौडेलले बोलाए सर्वदलीय बैठक
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । संसदमा जारी गतिरोध हटाउन राष्ट्रपति पौडेलले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

उनले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई सर्वदलीय बैठकमा बोलाएका हुन् । बैठक मंगलबार बिहान साढे ८ बजे बस्ने जनाइएको छ ।

मंगलबारसम्मका लागि संसद बैठक स्थगित
आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ । सदनको अवरोध खुलाउने विषयमा दलीय सहमति जुट्न नसक्दा १० साउनदेखि बैठक स्थगित हुँदै आएको छ ।

आइतबार बसेको सर्वदलीय बैठकमा पनि सहमति नजुटेपछि आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अपरान्ह करिब ३ बजेतिर सूचना निकालेर मंगलबार अपरान्ह ३ बजे बस्नेगरी स्थगित गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डले डाकेको सर्वदलीय बैठक निष्कर्षविहीन

संसद सञ्चालनको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको सर्वदलीय बैठक निष्कर्षविहीन भएको हो । पुनः सोमबार बस्नेगरी बैठक सकिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताए ।

सदन खुलाउने विषयमा सहमति जुटेन

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् अवरोध खुलाउने उद्देश्यका साथ दलका प्रमुख सचेतकसँग छलफल गरे पनि सहमति जुट्न सकेको छैन ।

सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा आज बसेको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सचेतकले आआफ्नो अडान कायमै राखेपछि संसद् खोल्ने विषयमा सहमति जुट्न नसकेको हो ।

सूचना दिने संस्कारको विकास गर्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि सूचना लिने मात्र होइन दिने संस्कारको विकास गर्न आवश्यक भएको बताएका छन् ।

आज १७औँ राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक निकायमा घुस, ढिलासुस्ती, गलत निर्णय, अपारदर्शी व्यवहारलगायतका विषयमा सूचना दिन उत्प्रेरित गर्न कानुनी व्यवस्था गर्न जरूरी भएको बताए ।

चोरी पैठारी नियन्त्रणमा सरकार प्रतिबद्ध: गृहमन्त्री
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार नाकाबाट हुने चोरी पैठारी र अवैध आयात नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । अहिले मुलुकको अर्थतन्त्रको मुख्य समस्याका रुपमा रहेको अवैध व्यापार नियन्त्रणका लागि सरकारले अधिकतम प्रयास गरिरहेको उनले उल्लेख गरे।

आइतबारका लागि बोलाइएको समाजवादी मोर्चाको बैठक सोमबारसम्मका लागि स्थगित
समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्ने भएको छ ।

आइतबारका लागि बोलाइएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो ।

अवैध ओसारपसारको प्रभावकारी नियन्त्रण गरिने

कुखुराको मासुमा नेपाल आत्मनिर्भर भएपनि भारतीय सीमाबाट कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानूनी ओसारपसार भइरहेको र त्यसको अपेक्षित नियन्त्रण हुन नसक्दा आफूहरू उठ्नै नसक्ने गरी मारमा परेको कुखुरा उद्योगी व्यवसायीहरूले गुनासो गरेका छन् ।

पर्यटन ऐनलाई संशोधन गरेर अगाडि बढ्छौँ : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐनलाई संशोधन गरेर सरकार अगाडि बढ्ने बताएका छन् ।

पर्यटक प्रहरीका जवान तथा जुनियर प्रहरी अधिकृतको प्रथम समूहको तालिम समापनमा बोल्दै उनले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन ऐनलाई संशोधन गर्न मन्त्रालय लागेको बताएका हुन् ।

सबै प्रकरणका फाइल खुल्नुपर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशलाई हानी पुर्‍याउने भ्रष्टचारसहितका सबै किसिमका प्रकरणका फाइल खुल्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले वर्तमान सरकारले विभिन्न समयका भ्रष्टचारलगायत प्रकरणका फाइल खोलेर छानबिनको प्रक्रिया सुरु गरेकामा केही आशा जगाएको बताए ।

गण्डकी प्रदेशसभा : वन विधेयक विषयगत समितिमा

गण्डकी प्रदेशसभाको आजको बैठकले ‘प्रदेशभित्रको वनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले संशोधन प्रस्तावसहित सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रदेशसभा बैठकसमक्ष पेस गरेका थिए ।

बाढीले पुरिएको डेढ करोड फेला
मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम फेला परेको छ । आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन् गर्ने क्रममा उक्त रकम भेटिएको हो।

बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको रु ५१ लाख ६२ हजार दुई सय २६ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको पनि एक करोड पाँच लाख ३२ हजार नौ सय ६४ फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडलले जानकारी दिए।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ८ : ५९ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने