बिच भलिबल : त्रिभुवन आर्मी कवल र लिटिल बुद्ध उपाधिका लागि भिड्दै | Khabarhub Khabarhub

बिच भलिबल : त्रिभुवन आर्मी कवल र लिटिल बुद्ध उपाधिका लागि भिड्दै


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीमा पहिलो पटक एक लाख पुरस्कार राशिको खुला बिच भलिबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र महेन्द्रनगरस्थित लिटिलबुद्ध एकेडेमी भिड्ने भएका छन् ।

यहाँको भीमदत्त नगरपालिका–१२ ऐरीघाटस्थित महाकाली नदीमा भइरहेको खुला तथा भेट्रान बिच भलिबल प्रतियोगिताको फाइनल खेल आज दिउँसो हुने आयोजक नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले जनाएको छ । खुलातर्फ कूल २३ टिम सहभागी थिए । भने भेट्रानतर्फ ११ टिमको सहभागिता रहेको थियो ।

त्यसैगरी भेट्रानतर्फ सशस्त्र प्रहरी बलको एपिएफबेलौली नगरपालिकाको टिमबीच फाइनल प्रतिस्पर्धा हुनेछ । भेट्रानमा उपाधि विजेता टिमले रु २५ हजार नगदसहित ट्रफी र मेटल प्राप्त गर्नेछन् ।

यहाँस्थित नेपाली सेना र कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा गत असोज २९ गतेदेखि पहिलो पटक महाकालीको बगरमा बिच भलिबल आयोजना गरिएको हो । नेपाली सेनाले सैनिक–नागरिक सम्बन्ध थप सुदृढ गर्नुका साथै खेलाडी उत्पादन र खेलकुदको विकासमा टेवा पुग्ने लक्ष्यसहित नेपाली सेनाको योजनामा प्रतियोगिता आयोजना थियो ।

शुक्लाफाँटादेखि झोलुङ्गे पुल हुँदै भाइरल रोड लगायत यहाँका पर्यटकीय क्षेत्रको खेल पर्यटनका माध्यमबाट प्रचार प्रसार गर्न लागिएको हो । खुलातर्फ त्यसैगरी द्धितीय हुने टिमले रु ५० हजार र तृतीय स्थान ओगट्ने टिमले रु २५ हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत हुनेछन् ।

त्यसैगरी भेट्रान (चालिस वर्ष भन्दामाथि) तर्फ पहिलो हुने टिमले रु २५ हजार, दोस्रोले रु १५ हजार र तेस्रो हुने टिमले रु १० हजार नगद, ट्रफी र मेडलसहित पुरस्कृत हुनेछन् ।

प्रतियोगिता सञ्चालनका लागि भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र दोधारा चाँदनी नगरपालिकाले पुरस्कार राशि प्रायोजनसमेत गरेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ८ : ३२ बजे

आरआर क्याम्पसमा तोडफोड गरेको आरोपमा नेविसंघका १८ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का

उपप्रधानमन्त्री सिंहले मागे मन्त्रालय मातहतका विभाग प्रमुखसँग लिखित कार्ययोजना

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय मातहतका विभाग

राजावादीलाई एमाले सांसदले भने- राजसंस्था फर्काउने भनेर समयको बर्बाद नगर्नुहोस्

काठमाडौं– सत्तारूढ नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले राजावादीलाई राजसंस्था फर्काउने

युद्धको मारमा आईपीएल : भएका थिएनन् लिग चरणकै १२ खेल, पहिलो र दोस्रोमा थिए गुजरात र बेंगलुरू

नयाँ दिल्ली– हिमाचल प्रदेशको धर्मशाला रंगशालामा बिहीबार पञ्जाब र दिल्लीबीचको

लोकतान्त्रिक पद्धतिको अवलम्बन गरेर नीति तथा कार्यक्रम परिमार्जन गर्नुपर्छ : सांसद शर्मा

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले लोकतान्त्रिक