तीन तहका सरकार एक अर्कोको परिपुरक : प्रधानमन्त्री « Khabarhub

तीन तहका सरकार एक अर्कोको परिपुरक : प्रधानमन्त्री


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन तहका सरकार एक अर्कोको परिपुरक भएको बताएका छन् । विश्वका उत्कृष्ट संविधान जस्तै नेपालको संविधान पनि उत्कृष्ट रहेको उनले बताए । प्रदेश सरकार जिम्मेवार भई काम गर्न आग्रह गरेका छन्।

कर्णालीको समस्या नजिकबाट नियालेको कुरा बताउँदै प्रधानमन्त्री प्रचण्डले  कर्णालीले उठाएका सबै मुद्दामा सहमत भएको समेत बताए । कर्णाली एक सभ्यता भएको उनले बताए । कर्णाली सधैँ आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।

कर्णालीको सबै खालका सडक निर्माण गर्न पहल जारी राखेको बताएका उनले चीन भ्रमणको समयमा केही सडकको बारेमा कुरा हुने बताए । कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित ऊर्जामन्त्री शक्ति बस्नेत, मुख्यमन्त्री राजकुमार शर्मालगायतका मन्त्रीहरूको सहभागिता रहेको छ ।

प्रतिपक्ष दलका नेता यामलाल कँडेलले कर्णाली करिडोर र भेरी करिडोरमा दुई लेनको सडक निर्माण गरे कर्णाली समृद्धिको एक ढोका खुल्ने बताए ।  

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  १२ : २९ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी