जापानले फुकुशिमाको पानी निकासबारे निर्णय गर्ने « Khabarhub

जापानले फुकुशिमाको पानी निकासबारे निर्णय गर्ने


४ भदौ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

टोकियो- जापान सरकारले फुकुशिमा आणविक केन्द्रबाट प्रशोधन गरिएको पानी समुद्रमा निकास गर्नेबारे मङ्गलबार निर्णय गर्ने जापान सरकारका एक मन्त्रीले बताएका छन् । अर्थव्यवस्था, व्यापार तथा उद्योगमन्त्री यासुतोशी निशिमुराले सोमबार एक पत्रकार सम्मेलनमा भने, “सुरक्षा सुनिश्चित गर्न र यसबाट जापानको ख्यातिमा भएको क्षतिलाई सम्बोधन गर्न प्रयासहरूको स्थिति पुष्टि गरी पानी निकास गर्नेबारे निर्णय गर्न सम्बन्धित मन्त्रीहरूको बैठक हुनेछ ।’’

उनले भने, “सम्बन्धित मन्त्रीहरूले छलफल गर्नेछन् र आगामी कदमहरू के गर्ने भन्ने बारेमा जानकारी साझा गर्नेछन्, र यी छलफलहरूको आधारमा हामी निकासको समयको बारेमा निर्णय लिनेछौँ ।” जापानका प्रधानमन्त्री फुमियो किशिदाले सन् २०११ मा तीनवटा रिएक्टर ध्वस्त भएको आणविक ऊर्जा केन्द्रको भ्रमणका क्रममा कुनै मिति नतोकिएको आइतबार बताएका थिए ।

सन् २०११ मा आएको भूकम्प र सुनामीका कारण फुकुशिमाको प्लान्ट ध्वस्त भएपछि करिब १३ लाख ४० हजार टन पानी जम्मा भएको छ, जुन ५०० भन्दा बढी ओलम्पिक स्विमिङ पुल बराबर हो । प्लान्ट अपरेटर टेप्कोका अनुसार अहिले करिब एक हजार स्टिल ट्याङ्की बराबर पानीले भरिएका छन्, ठाउँ समाप्त भएको छ र यो बिस्तारै पानीमुनिको पाइपमार्फत प्रशान्त महासागरमा निकास गर्नुको अर्को विकल्प देखिएको छैन । टेप्कोले खतरनाक रेडियोधर्मी तत्वहरू फिल्टर गरिएको र यसले छोड्न लागेको पानी सुरक्षित रहेको बताएको छ ।

जापानको समुद्री खाना सी फुडको सबैभन्दा ठूलो बजार चीनले जापानको उक्त योजनाप्रति विरोध जनाएको छ र १० वटा जापानी प्रान्तबाट खाद्यान्न ढुवानीमा प्रतिबन्ध लगाउने बताएको छ । जापानी र चिनियाँ सञ्चार माध्यमले चिनियाँ भन्सार तथ्याङ्कलाई उद्धृत गर्दै भनेका छन्, “यी समय लाग्ने जाँचका कारण गत महिना चीनमा जापानी समुद्री खानाको आयातमा ३० प्रतिशतले कमी आएको छ ।’’ जापानको मत्स्यपालन उद्योगमा धेरैले यस कदमको विरोध गरेका छन् । उक्त पानीको निकासले विदेशमा जापानी समुद्री जनावरको निर्यातमा ठूलो क्षति पु¥याउनेछ ।

किशिदाले स्थानीय माझीहरुलाई क्षतिपूर्ति गर्न ३० अर्ब येन (२०० मिलियन अमेरिकी डलर) कोषको प्रतिज्ञा गरेका छन् । सोमबार राष्ट्रिय मत्स्य सहकारी संस्थाका प्रमुख मासानोबु साकामोतोलाई भेटेपछि उनले भने, “सरकारले सुरक्षा सुनिश्चित गर्न, सी फुडको प्रतिष्ठामा असर पर्न नदिन र जनताको जीविकोपार्जनलाई जीवित राख्न सक्दो तयारी गरेको छ र हामी यसका लागि स्पष्टीकरण दिइरहेका छौँ ।’’ जापानले निकास गरिएको पानीमा बस्ने माछाबारे लाइभस्ट्रिम गर्नेदेखि अनलाइन गलत सूचनाको सामना गर्ने प्रयाससम्म देश र विदेशमा जनमत जित्ने प्रयासमा महिनौं बिताएको छ । यस सम्बन्धमा दक्षिण कोरियामा पनि जनचासो उच्च रहेको छ ।

जापानसँगको सम्बन्धलाई चिर्न खोजेको उसको सरकारले योजनाको पुनरावलोकन गर्दा यो अन्तर्राष्ट्रिय मापदण्डअनुरुप रहेको बताएको छ । टेप्कोका अनुसार प्रशोधन गरिएको पानी दैनिक अधिकतम पाँच लाख लिटरसम्म छोड्नु सफाइको एउटा चरण मात्र हो । योभन्दा खतरनाक काम भनेको तीनवटा रिएक्टरबाट रेडियोधर्मी फोहोर र अत्यधिक खतरनाक आणविक इन्धनको निकासलाई समुद्रमा जानबाट रोक्नु हो ।

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  ७ : ३६ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा