शिक्षकहरूको आन्दोलनका कारण सामुदायिक विद्यालयको पठनपाठन बन्द « Khabarhub

शिक्षकहरूको आन्दोलनका कारण सामुदायिक विद्यालयको पठनपाठन बन्द


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन ठप्प भएको छ ।

सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासङ्घले आजदेखि देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरेसँगै देशभरका ७० लाखभन्दा बढी विद्यार्थीको पठनपाठन ठप्प बनेको हो ।

महासंघले आजदेखि ​देशभरका विद्यालय अनिश्चित कालका लागि बन्द गरेको हो ।

आफ्ना माग पुरा गराउनका लागि शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन आए पछि देशैभरीका सामुदायिक विद्यालय बन्द भएका हुन् ।

मागहरू सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलनको घोषणा गरेका हुन्।  

संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तह मातहत राख्ने व्यवस्था गरेको छ। जसप्रति शिक्षक र तिनका संस्थाले विरोध गरेका हुन्। 

काठमाडौं महानगरपालिकासहित देशका कतिपय स्थानीय तहले विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएका छन्। 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ९ : १५ बजे

सुकुम्बासी बस्तीमा किताब खोजिरहेकी ईश्वरी भन्छिन्- मलाई बालेन सरकार मन परेन

काठमाडौं- थापाथलीको सुकुम्बासी बस्तीमा बस्दै आएकी १५ वर्षकी ईश्वरी राई

बालेनलाई रविको सन्देश : जनताको विश्वास जित्न सके सरकार सञ्चालन सहज र प्रभावकारी हुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको विश्वास जित्न

डिजिटल रूपान्तरण परियोजनाका लागि एडीबीसँग ऋण सम्झौता

काठमाडौं– नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच डिजिटल

भारत–न्यूजील्याण्डबीच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर, शतप्रतिशत भारतीय निर्यात करमुक्त

नयाँदिल्ली– भारत र न्यूजील्याण्डबीच द्विपक्षीय व्यापार सम्बन्धमा सोमबारदेखि नयाँ युगको