विद्यालय बन्द नगर्न आन्दोलनरत शिक्षकलाई महामन्त्री थापाको आग्रह   « Khabarhub

विद्यालय बन्द नगर्न आन्दोलनरत शिक्षकलाई महामन्त्री थापाको आग्रह  


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विद्यालय बन्द नगर्न आन्दोलनरत शिक्षकहरुलाई आग्रह गरेका छन् ।

सरकारले हालै संसद्मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदामा थुप्रै सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले विद्यालय बन्दजस्ता अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरुप बदल्न शिक्षकहरुलाई आह्वान गरेका हुन् ।

उनले भने,  ‘आन्दोलनरत शिक्षक, स्थानीय सरकारलगायतका असहमत पक्ष र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन हुनुपर्छ र त्यसका निम्ति हाम्रो सतत प्रयास र पहलकदमी रहने छ’ । 

उनले शिक्षकको न्याय र सम्मान अनि विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर कानुन बनाउन संसद्हरू प्रतिबद्ध रहेको पनि बताएका छन् । 

देशभरबाट हजारौंको संख्यामा उपस्थीत भएका शिक्षकहरुले काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका छन्  ।

‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’मा रहेका केहि प्रावधानहरु शिक्षकहरूको हकहितविपरीत भएको भन्दै नेपाल शिक्षक महासंघको अगुवाईमा दोस्रो दिन पनि प्रदर्शन गरिएको हो ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  २ : २९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका