तिलोत्तमा नगरमा आइतबार सार्वजनिक बिदा « Khabarhub

तिलोत्तमा नगरमा आइतबार सार्वजनिक बिदा


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

बुटवल- थारु समुदायको महत्त्वपूर्ण पर्व ‘बड्की आइतबार’को अवसरमा रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

नगरपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै आइतबार सार्वजनिक बिदा दिने जानकारी गराएको हो। नगरकार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरु र सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहने जनाइएको छ।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ  ‘मिति २०८० साल असोज ७ गते आइतबारका दिन थारु समुदायको महत्त्वपूर्ण पर्व बड्की आइतबारको उपलक्ष्यमा यस तिलोत्तमा नगरपालिका नगरकार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरू, विषयगत शाखा कार्यालयहरू तथा स्वास्थ्य संस्थाहरू र सामुदायिक तथा संस्थागत विद्यालयहरूमा स्थानीय बिदा दिने यस कार्यालयको बिहीबारको निर्णयअनुसार सम्बन्धित सबैमा जानकारी गराइएको छ ।’

 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ६ : ०३ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा