चाडपर्वको बेला खानपानमा ध्यान दिन चिकित्सकको सुझाव « Khabarhub

चाडपर्वको बेला खानपानमा ध्यान दिन चिकित्सकको सुझाव


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

चितवन– चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन् । दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उनीहरूले ध्यान दिन सुझाव दिएका हुन् ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण साह दसैँ–तिहारजस्ता चाडपर्वमा खाइने खानाले विभिन्न क्यान्सरको जोखिम बढाउने बताउँछन्। मदिराजन्य पदार्थले कलेजो, घाँटी, पेट, स्तन तथा आन्द्राको क्यान्सरको जोखिम बताउने उनको भनाइ छ ।

डा साहले भने, ‘रातो मासुको अत्याधिक प्रयोगले ठूलो आन्द्राको क्यान्सरको जोखिम बढाउँछ ।’ पोलेको डढेको मासुमा पोलिसाइक्लिक एरोम्याटिक हाइड्रोकार्बन नामक तत्व उत्पन्न हुने भन्दै उनले यसले पेटको क्यासरको जोखिम बढाउने बताए।

प्रशोधित मासु र अन्य खानेकुरा खानाले नाइट्राइटनाइट्रेटजस्ता तत्व उत्पन्न गर्ने भन्दै उनले यसले क्यान्सरको जोखिम बढाउने बताए। उनले भने, ‘धेरै गुलियो खानेकुरा खाँदा ठूलो आन्द्राको क्यान्सरको जोखिम बढाउँछ ।’

चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शंकर लौडारी एक दिनमा एक जनाले ५० देखि ७० ग्रामभन्दा बढी मासु खान नहुने बताउँछन्। उनले मासु दैनिक पनि प्रयोग गर्न नहुने भन्दै हप्तामा दुई पटकसम्म खान सकिने बताए।

मासुमा कोलेस्ट्रोलको मात्रा बढी हुने भएकाले मुटुका रक्तनलीहरु बन्द हुने सम्भावना हुने भन्दै डा साहले भने, ‘दैनिक एक सय ग्रामभन्दा बढी मासु खाने मानिसहरुलाई मुटुको हृदयघात हुने सम्भावना १५ प्रतिशतले बढ्छ ।’ नियमित मासु सेवन गर्ने मानिसलाई मधुमेह र उच्च रक्तचापको पनि जोखिम हुने उनको भनाइ छ ।

मासु बोसो र छाला फालेर थोरै मात्र प्रयोग गर्न उनले सुझाव दिए। उनले भने, ‘मासुमा धेरै तेल, मसला र नुनको प्रयोग गर्नु हुँदैन ।’ कोलेस्ट्रोल कम गर्न कुखुराको मासु राम्रो हुने भन्दै डा साहले कुखुराको मासुमा पनि छाला हटाएर खाँदा कोलेस्ट्रोलको मात्रा झन् घट्ने बताए। उनले खसी बोकाभन्दा माछा खान उत्तम हुने सुझाव दिए।

वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी चाडपर्वमा सन्तुलित खाना खान सुझाव दिन्छन् । रातो मासुभन्दा सेतो मासुमा जोड दिन उनको आग्रह छ । उनले भने, ‘रातो मासु र सेतो मासुमा स्वास्थ्यको हिसाबले हेर्‍यो भने चिल्लोको मात्रा  कम हुने, अनावश्यक कोलेस्ट्रोल नहुने, पटक पटक लिँदा पनि ज्यानलाई पाचन  प्रक्रियामा समस्या नहुने हिसाबले सेतो मासु राम्रो ।’ सेतो मासुमा पनि कुखुराको छातीमा चिल्लो पदार्थ न्यून हुने भएकाले प्रयोग गर्न राम्रो हुने उनी बताउँछन् ।

छाला नभएको मासुमा सबैभन्दा धेरै प्रोटिनको मात्रा हुने जानकारी दिँदै डा अधिकारी भने, ‘कुखुराको मासु सय ग्राम खाँदा करिब ४० ग्राम प्रोटिन पाइन्छ । हाम्रो शरीरलाई दिनमा ६० देखि ७० ग्राम प्रोटिन चाहिन्छ । एक सय ५० ग्राम खान मिल्यो ।’

त्यही कुरा रातो मासुमा पनि लागू हुने भन्दै डा अधिकारी भने, ‘एक सय ५० देखि दुई सय ग्राम रातो मासु आठ घण्टाको फरकमा खान मिल्छ ।’ मासु स्वादका लागि खाने भएको हुनाले नुन, चिल्लो, अमिलो, पिरो, मसला बढी प्रयोग गर्ने गरिन्छ । विश्वमा सात जनामध्ये एक जनालाई उच्च रक्तचाप, अर्को एक जनालाई मधुमेह र अर्को एक जनालाई कोलेस्ट्रोल देखिने गरेको उनले जानकारी दिए।

फ्रिजमा राखेर मासु खान नहुने भन्दै उनले भने, ‘पोलेर, साँधेर, तारेर, भुटेर, सुकुटी बनाएर खानु स्वस्थकर होइन ।’ सामान्यतया नुन चिल्लो कम गरेर पकाएर नै खानु स्वास्थ्यका लागि राम्रो हुने उनले बताउँछन् । मासुसँगै धूम्रपान र मदिराको सेवन थप हानिकारक हुने डा अधिकारीको भनाइ छ । मासु खाएको समयमा फलफूल, सागपात खान उनले सुझाए ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  १ : १६ बजे

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोड बढी राजस्व सङ्कलन

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत

चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध

चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन

अमेरिका पक्षधर देशले हर्मुजमा कठिनाइको सामना गर्नुपर्ने इरानको चेतावनी

तेहरान- इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना

हराएका ६५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ६५ थान मोटरसाइकल

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

काठमाडौं- मनमोहन स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक