पुल्चोक आसपास ६ महिनाका लागि निषेधाज्ञा « Khabarhub

पुल्चोक आसपास ६ महिनाका लागि निषेधाज्ञा


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक क्षेत्रआसपास ६ महिनाका लागि निषेधाज्ञा जारी गरेको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले मंगलबार आदेश जारी गर्दै पुल्चोक क्षेत्रमा ६ महिनाका लागि निषेधाज्ञाको घोषणा गरेका हुन् । यसनुसार पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिमतर्फ राष्ट्रिय किताबखाना, उत्तरतर्फ आन्तरिक राजश्व कार्यालय र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डलाई चार किल्ला आधार बनाएर निषेधित क्षेत्र तोकिएको हो ।

ललितपुर जिल्ला प्रशासनले जारी गरेको आदेशअनुसार अब मंसिर ५ गतेदेखि ६ महिनासम्मका लागि यस क्षेत्रमा पाँच जनाभन्दा धेरै सङ्ख्यामा मानिसहरु भेला भएर नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । ललितपुर प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३.क) बमोजिम यस्तो आदेश जारी गरिएको जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ६ : ०२ बजे

स्याङ्जामा जीप दुर्घटना, एक जनाको मृत्यु

स्याङ्जा – स्याङ्जामा आज साँझ भएको जीप दुर्घटनामा परी एकको

पदयात्रा रोक्न टानको आग्रह

काठमाडौं – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पदयात्रा रोक्न

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

काठमाडौं – सरकारले सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार

विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली