लुम्बिनीको मायादेवी मन्दिरमा नयाँ गजुर राखियो « Khabarhub

लुम्बिनीको मायादेवी मन्दिरमा नयाँ गजुर राखियो


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा नयाँ गजुर राखिएको छ । सो मन्दिरको गजुर पुरानो र जीर्णभएकाले लुम्बिनी विकास कोषले नयाँ गजुर राखेको हो । नयाँ गजुर राखेसँगै मन्दिर आकर्षक देखिएको छ ।

सो कोषले दाताहरुका सहयोगमा स्वयम्भू स्तुपा ढाँचाको आधुनिक गजुर राखेको हो । यसका लागि थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्गे र लर्टट्रथ आक्रापास पोङगले आर्थिक सहयोग गरेको कोषले जनाएको छ ।

दाता मालिनोङ्गे बुद्धजन्मस्थल लुम्बिनी आएर बौद्धभिक्षुबाट पूजा गरेपछि गजुर स्थापना गरिएको हो । यसअघिको गजुर पूरानो र जीर्ण भएकाले मर्मत गर्ने तयारी भइरहेको बेला थाइल्याण्डबाट सहयोग प्राप्त भएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

उनका अनुसार स्वयम्भू स्तुपाको ढाँचामा रहेको गजुर करिब तीन महिना लगाएर तयार पारिएको थियो । गजुरको बाहिरपट्टीको भागमा सुनको जलप लगाइएको छ ।

गजुरसँगै बुद्ध जन्मस्मारक मार्कन स्टोनको कभर स्थापनाका लागिसमेत टोलीले सहयोग गरेको कोषले जनाएको छ ।

बुौद्ध अभियानकर्मी राजा शाक्यका अनुसार दाताले बुद्धप्रति श्रद्धा राखेर गजुर स्थापना गरेका हुन् । आधुनिक प्रविधिअनुसार नेपाली मौलिक कलाको गजुर स्थापनाका लागि करिब रु ६० लाख लगानी लागेको शाक्यले जानकारी दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ३ : ४६ बजे

‘काठमाडौँ घोषणापत्र’ कार्यान्वयनमा सरकार प्रतिबद्ध : मन्त्री यादव

काठमाडौं– राष्ट्रिय युवा सम्मेलन २०२६ लाई सम्बोधन गर्दै युवा, श्रम

‘सार्वजनिक ओहोदामा रहेका सबैको सम्पत्ति छानबिन गर्न कांग्रेस तयार छ’

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगन थापाले विधान विपरीत चल्ने

इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ योजना, १ लाखसम्मको बीमा सुरक्षा

काठमाडौँ–  इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीचको सहकार्यमा ‘स्क्यान

एसिया कप राइजिङ स्टार्सको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का भिड्दै

काठमाडौँ – एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स (इमर्जिङ टिम्स

एक वर्षभित्र हाक्पारा पुल पूरा गर्न मुख्यमन्त्रीको निर्देशन

पाँचथर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको