चीनको एक रेष्टुरेन्टमा विस्फोट, ३१ जनाको मृत्यु « Khabarhub

चीनको एक रेष्टुरेन्टमा विस्फोट, ३१ जनाको मृत्यु


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियास्थित एक रेष्टुरेन्टमा विस्फोट हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गए राति निङ्गसिया हुई स्वायत्त क्षेत्रको यिनचुआन शहरस्थित एक बारबीक्यु रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट भएको थियो ।

घटनामा सात जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई अस्पताल भर्ना गरि उपचार सुरु गरिएको चीनियाँ सञ्चार माध्यमले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचार गर्न तथा उद्योग क्षेत्रमा सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  १० : ५३ बजे

जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयो : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

खुला सीमाको फाइदा उठाउँदै डिम्ब तस्करी गराउने गिरोह सक्रिय, किशोरी जोखिममा

काठमाडौं- नेपालको सीमावर्ती क्षेत्रबाट आर्थिक प्रलोभन देखाएर नेपाली किशोरी तथा

नेपाल बाल संगठनमा मन्त्री सीता बादीको छड्के अनुगमन

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ ।