सम्पदा चिनाउन पदयात्रा « Khabarhub

सम्पदा चिनाउन पदयात्रा


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुर नगरपालिकाले भक्तपुर नगरका विभिन्न सम्पदा क्षेत्रमा रहेका बहा, बहीहरु अवलोकन गराउने उद्देश्यले ‘बहा बही चिनौँ, सम्पदा संरक्षण गरौँ’ भन्ने नारासहित आउँदो पुस १४ गते शनिबार सम्पदा पदयात्राको आयोजना गर्ने भएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज यसबारे जानकारी दिँदै योमरी पुन्हीको अवसरमा आयोजना हुने सम्पदा पदयात्राले भक्तपुरका सम्पदा चिनाउने, त्यसबारे अध्ययन अनुसन्धान गर्नेलाई पनि अवसर मिल्ने र नगरभरि छरिएर रहेका बहाबहीको अवस्थाबारे अभिलेखीकरण गरी नयाँ पुस्तालाई जानकारी दिन सम्पदा पदयात्रा सफल हुने बताए ।

पदयात्रा भनपा–५ टौमढीबाट सुरु भई अखण्डशील महाविहार (बुलुचा), जेतवर्ण (तेखाचो), बौद्ध समंकृत (कुथुबही), जयकिर्ति (थथुबही), जेष्ठवर्ण (इताछेँ), लोकेश्वर (कुश्क्व), चर्तुब्रम्ह (साकोथा), यालाछेँ बही (यालाछेँ), सुवर्ण (सुकुलढोका), मन्जुवर्ण (बेखाल), प्रशन्नशील महाविहार (क्वाठण्डौं), दिपंकर , कुलरत्न, धर्मकिर्ति, आदिपद्य, खुसीबह, मुनिबिहार, इन्द्रवर्ण र झौरबही हुँदै भनपा–७ यातामा पुगी कार्यक्रमको समापन गरिने नगर प्रमुख प्रजापतिले जानकारी दिए ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १० : ५८ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा