सम्पदा चिनाउन पदयात्रा « Khabarhub

सम्पदा चिनाउन पदयात्रा


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुर नगरपालिकाले भक्तपुर नगरका विभिन्न सम्पदा क्षेत्रमा रहेका बहा, बहीहरु अवलोकन गराउने उद्देश्यले ‘बहा बही चिनौँ, सम्पदा संरक्षण गरौँ’ भन्ने नारासहित आउँदो पुस १४ गते शनिबार सम्पदा पदयात्राको आयोजना गर्ने भएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज यसबारे जानकारी दिँदै योमरी पुन्हीको अवसरमा आयोजना हुने सम्पदा पदयात्राले भक्तपुरका सम्पदा चिनाउने, त्यसबारे अध्ययन अनुसन्धान गर्नेलाई पनि अवसर मिल्ने र नगरभरि छरिएर रहेका बहाबहीको अवस्थाबारे अभिलेखीकरण गरी नयाँ पुस्तालाई जानकारी दिन सम्पदा पदयात्रा सफल हुने बताए ।

पदयात्रा भनपा–५ टौमढीबाट सुरु भई अखण्डशील महाविहार (बुलुचा), जेतवर्ण (तेखाचो), बौद्ध समंकृत (कुथुबही), जयकिर्ति (थथुबही), जेष्ठवर्ण (इताछेँ), लोकेश्वर (कुश्क्व), चर्तुब्रम्ह (साकोथा), यालाछेँ बही (यालाछेँ), सुवर्ण (सुकुलढोका), मन्जुवर्ण (बेखाल), प्रशन्नशील महाविहार (क्वाठण्डौं), दिपंकर , कुलरत्न, धर्मकिर्ति, आदिपद्य, खुसीबह, मुनिबिहार, इन्द्रवर्ण र झौरबही हुँदै भनपा–७ यातामा पुगी कार्यक्रमको समापन गरिने नगर प्रमुख प्रजापतिले जानकारी दिए ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १० : ५८ बजे

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा

जेनजी आन्दोलनमा लुटिएका हतियारसहित तीनजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीनजनालाई