भौतिक पूर्वाधारको अभावले प्रहरीका कार्यमा असर पर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

भौतिक पूर्वाधारको अभावले प्रहरीका कार्यमा असर पर्छ : मुख्यमन्त्री कार्की


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रहरी कार्यालय रानी विराटनगरको नवनिर्मित कार्यालय भवनको आज उद्घाटन गरेका छन् ।

प्रदेश नं १ आन्तारिक मामिला तथा कानून मन्त्रालयबाट बजेट विनियोजित भई कुल १९ करोड १४ लाख रुपैयाँको लागतमा साना ठूला गरी ७५ कोठा भएको पाँच तले प्रहरी कार्यालय भवनको आज उनले उद्घाटन गरेका हुन् ।

शिलालेख अनावरण गरी विधिवत रुपमा समुद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाका कार्यमा प्रत्यक्ष असर पर्ने बताए । उनले सुविधासम्पन्न भवन प्राप्त भएसँगै नागरिक सेवामा लाग्न प्रहरीलाई आग्रह गरे ।

मुख्यमन्त्री कार्कीले सुरक्षाकर्मी सुरक्षित भएमा मात्र आम नागरिकले सुरक्षाको प्रत्याभूति पाउने हुँदा सुरक्षाकर्मीको सुरक्षामा प्रदेश सरकार सदैव तत्पर रहेको बताए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताउँदै प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई प्राप्त नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप उत्साह बढेको धारणा राखे ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले भौतिक सुविधाले प्रहरी सेवामा अनुकूल वातावरण सिर्जना गर्ने बताए ।

सो कार्यक्रममा मुख्यमन्त्री कार्कीले भवन निर्माणमा उल्लेख्य योगदान पु¥याउने निर्माण कम्पनी तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ढुण्डीराज गिरी र महेश भट्टराईलाई प्रशंसापत्रले सम्मान गरेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ४ : ५५ बजे

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण