टाइटनिक पर्यटन पनडुब्बी बिष्फोट, पाँच जनाको मृत्यु « Khabarhub

टाइटनिक पर्यटन पनडुब्बी बिष्फोट, पाँच जनाको मृत्यु


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.6k
Shares
  • change font
  • change font
  • change font

न्युर्योक– टाइटनिक पर्यटन पनडुब्बीमा सबार पाँचै जनाको मृत्यु भएको घोषणा गरिएको छ । टाइटानिकको शताब्दी पुरानो भग्नावशेषको यात्रामा पाँच जनालाई बोकेको एउटा गहिरो समुन्द्री पनडुब्बी ‘विपत्तिजनक विस्फोट’ को टुक्रामा फेला परे पछि उनीहरूलाई मृत्यु घोषणा गरिएको हो ।

सो सँगै पाँच दिन लामो खोज अभियान पछि अमेरिकी तटरक्षक गार्डले बिहीबार भन्यो, ‘बहुराष्ट्रिय पाँच दिनको खोजी समाप्त भएको छ ।’

रोयटर्सका अनुसार क्यानडाली जहाजबाट खटाइएको रोबोट ड्राइभिङ गाडीले बिहीबार बिहान उत्तरी एट्लान्टिकको दुर्गम कुनामा पनडुब्बी टाइटनको एउटा भग्नावशेष फेला पारेको थियो,’ अमेरिकी कोस्ट गार्ड रियर एडमिरल जोन मोगरले पत्रकारहरूलाई भने।

‘/७ मिटरका टाइटनका पाँचवटा प्रमुख टुक्राहरू भग्नावशेष क्षेत्रमा अवस्थित थिए, जसमा जहाजको पुच्छर कोन र प्रेसर हलका दुई भागहरू थिए,’ कोस्ट गार्ड अधिकारीहरूले भने। सो क्रममा मानव अवशेषहरू देखिएका थिए कि थिएनन् ? भनेर कुनै उल्लेख गरिएको छैन।

‘यो भग्नावशेष क्षेत्र वाहनको एक विनाशकारी विस्फोट संग सम्बन्धित छ,’ मौगरले भने । संयुक्त राज्य अमेरिकास्थित कम्पनी ओशनगेट एक्सपिडिसनद्वारा सञ्चालित टाइटनको पर्यटक बोकेको पनडुब्बी गत आइतबार बिहान सम्पर्क बिच्छेद हुन पुगेको थियो । समुद्रको गहिराइमा प्रवेश गरेको २ घन्टा ४५ मिनेटमा नै सम्पर्क बिच्छेद भएको सो पनडुब्बी खोज्नका लागि आइतबार देखी नै पाँच राष्ट्रका पनडुब्बी विज्ञहरूले खोजतलास सुरु गरेका थिए । विश्व प्रसिद्ध पानी जहाज टाइटनिक हेर्न गएका उक्त जहाजको टुक्राहरू फेला परे पछि बिष्फोट भएको पुष्टि भएको हो ।

कोस्ट गार्डको प्रेस सम्मेलन अघि नै ओशनगेटले एक विज्ञप्ति जारी गर्‍यो थियो कि, ‘टाइटनमा सवार पाँच जना व्यक्तिहरू मध्ये कोही पनि बाँचेनन्,’
उक्त पनडुब्बीमा दुई पाकिस्तानी मुलका अर्बपति बाऊ छोरा, बेलायती अर्बपति र पाइलटसहित पाँच जना सवार थियो ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ६ : ५४ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद