आईफोन जित्नुभएको छ भन्दै रकम मागेर ठगी गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

आईफोन जित्नुभएको छ भन्दै रकम मागेर ठगी गरेको आरोपमा दुई जना पक्राउ


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अनलाइनमार्फत ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । टिकटक, फेसबुक, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालमा जमजम इलेक्ट्रोनिक्सबाट आईफोन जित्नुभएको छ भन्दै कस्टम क्लियरेन्सका नाममा रकम मागेर ठगी गरेको आरोपमा प्रहरीले पर्साका राजकुमार पण्डित र रौतहटका उमेश कुमार यादवलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ४९ लाख ९५ हजार रुपैयाँ, सात वटा मोबाइल फोन, १८३ वटा सिम कार्ड, १२ वटा एटीएम कार्ड र राउटरलगायतका सामानसमेत बरामद गरिएको छ ।

पीडितलाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाइ ठगी गरेको उजुरीका आधारमा साइबर ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो ।

घटनाबारे अनुसन्धानका क्रममा ललितपुरको कुपण्डोल गुसिङ्गालबाट उनीहरुलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ७ : ५९ बजे

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६