गौरा पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिन्छु : प्रधानमन्त्री « Khabarhub

गौरा पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिन्छु : प्रधानमन्त्री


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भव्यताका साथ मनाइने गौरा पर्वलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गरिने विश्वास दिएका छन् ।

गौरा पर्व २०८० का सन्दर्भमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस पर्वलाई राष्ट्रिय मान्यता दिने विषयमा मन्त्रिपरिषद्को बैठकमासमेत छलफल भएको जानकारी दिए । उनले गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिने विषयमासमेत आफू सकारात्मक रहेको बताए ।

सुदूरपश्चिम प्रदेशका नागरिकको भावनालाई सम्बोधन गर्दै यस पर्वलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गर्ने प्रस्ताव लिएर जाने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । उनले गौरा पर्वको अवसरमा राष्ट्रिय बिदा दिनका लागि तिथि तय गरी आउन सुदूरपश्चिम प्रदेशका नागरिकलाई आग्रहसमेत गरे ।

प्रधानमन्त्रीले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम प्रदेशमा विश्वविद्यालय स्थापना गरी शैक्षिक क्षेत्रमा नयाँ आयाम थपेको उल्लेख गर्नुहुँदै तेस्रोपटक प्रधानमन्त्री हुँदा गेटा मेडिकल कलेजलाई चिकित्सा शिक्षासम्बन्धी विश्वविद्यालय घोषणा गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनले महाकाली करिडोर, दोधरा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनासमेत अगाडि बढाइएको बताए ।

प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम र कर्णाली प्रदेशको विकास र समृद्धिलाई केन्द्रमा राखेर आफूले गतिविधि अगाडि बढाएको जानकारी दिँदै ती प्रदेशका जनताको जीवनस्तर माथि नउठ्दासम्म मुलुक समृद्धिको चरणमा प्रवेश नगर्ने बताए ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ८ : २५ बजे

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६