दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह, दलहरुबीच विवाद हुँदा सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठनमा ढिलाइ, पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा भक्तपुर दरबार क्षेत्रको अवलोकन, सन्दीपविरुद्ध मुद्दाको पेसी आज पनि स्थगितलगायतले प्रमुख स्थान पाए ।

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आज बेइजिङमा आयोजित नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बनेको र यसको लाभ लिनका लागि चिनियाँ लगानीकर्तासमक्ष आग्रह गरे ।

चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सीसीपीआईटीले आयोजना गरेको सम्मेलनमा उनले भने, “हामीले लगानीमैत्री वातावरण बनाउनका लागि सम्बन्धित नीति तथा कानून संशोधन तथा अद्यावधिक गरेका छौँ, त्यसैले अहिले नेपालमा लगानीको वातावरण राम्रो बनेको छ ।” प्रधानमन्त्री दाहालले नेपालमा पर्यटन, पूर्वाधार, उर्जा, कृषि, औषधिजन्य उत्पादनलगायतका क्षेत्रमा लगानीको राम्रो सम्भावना भएको भन्दै लगानी गरी लाभ लिन पनि आग्रह गरे ।

सुन तस्करी प्रकरणको अनुसन्धान भद्दा मजाकजस्तो भयो; बम ठानेको, सलाइको काँटीजत्ति पनि पड्किएन : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् प्रतिनिधिसभा सदस्य रवि लामिछानेले सुन तस्करी प्रकरणमा राज्यको अनुसन्धान अलमलिएको आभास भएको टिप्पणी गरेका छन् ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तगर्तको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले गृहमन्त्रीले राम्रो काम गरेको भनी आफूले रोस्ट्रमबाट धन्यवाद ज्ञापन गरेको स्मरण गर्दै अहिले भने यस प्रकरणमा सरकार अलमलिएजस्तो भएको टिप्पणी गरे ।

चिनियाँ राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको भेट र छलफलबाट आफू उत्साहित भएको बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज साँझ बेइजिङस्थित नेपाली दूतावासमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उक्त वार्ता निकै सौहार्द्रपूर्ण रहेको र यसले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास आफूले लिएको बताए ।

प्रधानमन्त्री दाहालले भने, “यस पटकको चीन भ्रमणको यो फरक र विशिष्ट उपलब्धि भएको भएको छ र राष्ट्रलाई चीनसँगको कुराकानीबाट विश्वासको थप वातावरण सिर्जना भएको महसुस मैले गरेको छु ।” नेपाल र चीनबीचको सदियौँ पुरानो सम्बन्धलाई यो भ्रमणले नयाँ आयाम थपेको भन्दै उनले सीसँगको वार्ताका क्रममा नेपालको विकासका लागि सहयोगका साथै नयाँ क्षेत्रहरूमा लगानीका विषयमा समेत कुराकानी भएको बताए ।

दलहरुबीच विवाद हुँदा सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठनमा ढिलाइ

सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने विषयमा दलहरुबीच विवाद हुँदा आयोग गठनमा ढिलाइ भएको छ । असोज ५ गते नै आयोग गठन गर्ने सहमति दलहरुबीच यसअघि नै भएपनि आयोगको कार्यदेशका विषयमा विवाद हुँदा आयोग गठनमा ढिलाइ भएको हो ।

सत्तारुढ दल र प्रतिपक्षीबीच आयोगको कार्यादेशका बारेमा पटक पटक छलफल भएपछि सहमति नजुटेपछि शीर्ष तहमा नै छलफल गर्ने दलहरुको तयारी छ । आयोगको कार्यादेशबारे आइतबार सिंहदरबारमा विभिन्न दलका सचेतकबीच मौजुदा कानून, घटनाको अनुसन्धानलगायतबारे छलफल भएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा भक्तपुर दरबार क्षेत्रको अवलोकन

पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन् ।

आइतबार भक्तपुर पुगेर पूर्वराजा शाहले तलेजु भवानीको दर्शन गर्दै दरबार क्षेत्रको अवलोकन गरेका हुन् । पूर्वराजा शाहले भक्तपुर पुग्दा स्थानीयहरुले राष्ट्रिय झण्डासहित स्वागत गरेका थिए ।

सर्लाहीलगायत मधेसका जिल्लामा भइरहेका साम्प्रदायिक घटनाप्रति सरकार गम्भीर छ : मन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीलगायतका मधेस प्रदेशका जिल्लामा भइरहेका साम्प्रदायिक घटनाप्रति सरकार गम्भीर रहेको बताएका छन् ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा श्रेष्ठले विभिन्न जिल्लामा भएको साम्प्रदायिक घटनाबारे सरकार गम्भीर रहेको र प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको बताएका हुन् ।

सन्दीपविरुद्ध मुद्दाको पेसी आज पनि स्थगित

नेपाली लेग स्पिनर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीशको अभाव भएपछि सो मुद्दा पेसीमा नचढी स्थगित भएको हो। यसअघि असोज १ गते पनि मुद्दा हेर्ने न्यायाधीश नहुँदा सुनुवाइ स्थगित भएको थियो।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ९ : ०१ बजे

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसद् अघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे

सियरा लियोनमा विषाक्त खानाको कारण १०४ जना अस्पताल भर्ना

फ्रिटाउन – सियरा लियोनको राजधानी फ्रिटाउनमा एउटा कुकरी पसलबाट दूषित

प्रधानमन्त्रीलाई अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त हुन्छ : माधव सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले

आजका समाचार : संसदमा रविकाे जवाफ, विश्वासको मत रोक्न सर्वोच्चमा रिट

कांग्रेसलाई रविको प्रश्न : मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले

प्रादेशिक चलचित्र विकास बोर्ड गठन गर्छौँ : मुख्यमन्त्री कार्की

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि