दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दिनभर आज घरमा बिजुलीको लाइन काटेर दिनभर नजरबन्दमा राखिएको दुर्गा प्रसाईंको आरोप, घृणायुक्त अभिव्यक्ति नदिन आयोगको आग्रह, विपीनको रिहाइमा सहयोग गर्न कतारसँग नेपालको आग्रह, धनगढी उडेको श्रीको जहाज अवतरण हुन नसक्दा बीचबाटै फर्काइयो, माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णयविरुद्ध कारण देखाउ आदेश, दुर्गा प्रसाईंका समर्थक पक्राउ, घट्यो सुनको मूल्यलगायतका समाचारले प्रमुख स्थान पाए ।

घरमा बिजुलीको लाइन काटेर दिनभर नजरबन्दमा राखियो : दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आज दिनभर आफूलाई नजरबन्दमा राखिएको र दिनभर घरमा बिजुलीको लाइनसमेत काटिएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूले जंगलबाट यो ठाउँमा पुर्‍याएको दाबी गर्दै आफूले पनि प्रचण्डलाई नजरबन्दमा राख्नुपर्ने दिन नआओस् भन्दै चेतावनी समेत दिए । ‘कतै मैले एक दिन तपाईंलाई पनि नजरबन्दमा राख्न नपरोस् । यो कुरा तपाईं हेक्का राख्नुहोस्,’ उनले भने ।

घृणायुक्त अभिव्यक्ति नदिन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले घृणायुक्त अभिव्यक्ति नदिन आग्रह गरेको छ । मंसिर ७ गते भएका प्रदर्शनका क्रममा र त्यसपछि सामाजिक सञ्जालमा घृणायुक्त अभिव्यक्ति सार्वजनिक भएको भन्दै आयोगले यस्ता अभिव्यक्ति बन्द गर्न आग्रह गरेको हो ।

शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले मंसिर ७ गते राष्ट्रिय युवा संघ र राष्ट्र राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ अभियानले गरेका प्रदर्शन र तत्पश्चात सामाजिक सञ्जालमा घृणायुक्त अभिव्यक्ति सार्वजनिक भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

धनगढी उडेको श्रीको जहाज अवतरण हुन सकेन, इन्जिनमा समस्या देखिएपछि बीचबाटै फर्काइयो

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।

काठमाडौंबाट उडेको उडान नम्बर २२५ को जहाजको इन्जिनमा समस्या देखिएपछि बीच बाटोबाटै फर्काइएको हो ।

माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णयविरुद्ध कारण देखाउ आदेश

माइतीघरलाई एक महिना निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत मंसिर ५ गते एक सूचना जारी गर्दै माइतीघर मण्डलालगायत संवेदनशील क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो । सो आदेशविरुद्ध अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लगायतले दायर गरेको रिटमा सर्वोच्चले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

राजतन्त्र फर्काउने प्रयास मूर्खताबाहेक केही होइन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले फ्याँकेको राजतन्त्र फर्काउने प्रयास मूर्खताबाहेक केही नभएको टिप्पणी गरेका छन् ।

शुक्रबार एमाले मुख्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले वाक्क दिक्क भएर १५ वर्षअघि फ्याकेको राजतन्त्र फर्काउने प्रयास चेतना नभएको मुर्खता भएको टिप्पणी गरेका हुन् ।

दुर्गा प्रसाईंका ५० भन्दा बढी समर्थक पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका ५० भन्दा बढी समर्थक पक्राउ परेका छन् ।

काठमाडौैंको तीनकुने, गौशला, स्वयम्भूलगायतका क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् ।

दुर्गा प्रसाईँको कार्यक्रम सफल, हाम्रो असफल भन्ने सन्देश दिन खोजियो : महेश बस्नेत

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका अध्यक्ष महेश बस्नेतले दुर्गा प्रसाईँको कार्यक्रम सफल भएको र आफूहरुको कार्यक्रम असफल भएको भन्ने सन्देश दिन खोजिएको आरोप लगाएका छन् ।

युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले साम्राज्यवादीलाई खुशी पार्नका लागि युवा संघ र अनेरास्ववियुलाई कमजोर देखाउन दुर्गा प्रसाईँको कार्यक्रम सफल भएको र आफ्नो कार्यक्रम असफल भएको भ्रम फैलाइएको बताए । कार्यक्रममा उनले मुलुकमा साम्राज्यवादी शक्तिहरुले सुँढ पसारिरहँदा उनीहरुविरुद्ध युवा संघ एक्लै लागिरहेको समेत बताए ।

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान

संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । न्यायापरिषदको मंसिर ५ को निर्णयअनुसार सर्वोच्च अदालतका लागि ६ जना न्यायाधीशको नाम सिफारिस गरिएको थियो ।

सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीशहरू विरुद्ध उजुरी दिन सर्वसाधारणका लागि आह्वान गरेको हो ।

विपीनको रिहाइमा सहयोग गर्न कतारसँग नेपालको आग्रह

परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपीन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री साउदले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको हो ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ९ : ०९ बजे

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट

ब्राजिलमा ‘हट एअर बेलुन’ दुर्घटना हुँदा आठ जनाको मृत्यु

साओ पाउलो – ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी

भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित काशीपुरमा बन्धक बनाइएका ३५ जना

मुख्यमन्त्री शाहद्वारा लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज यहाँस्थित लम्कीचुहा