घरेलु सीप बजारमा नबिक्दा चिन्तित « Khabarhub

घरेलु सीप बजारमा नबिक्दा चिन्तित


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– बागलुङको अमलाचौरका टीका सुदारा काठको काम गर्ने सीपका धनी छन् । साठी वसन्त पार गरिसक्दा पनि उनले दारका ठेका–ठेकीलगायत अन्य घरायसी सामान बनाउँछन् । आफूले बनाएका कलात्मक ठेका-ठेकी बिक्री गर्न उनी माघेसङ्क्रान्ति मेला एवं सातौँं म्याग्दी महोत्सव बेनीमा पुगेका थिए । केहीदिनसम्म मेलामा बस्दा दुई जोडी ठेकाठेकी मात्र बिक्री भएपछि उनी गाउँ फर्किए ।

त्यस्तै, म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीका सम्मरबहादुर बिक बाँस र निगालाको चोयाँबाट कृषि घरेलु सामग्री बनाउछन् । ६५ वर्षसम्म डोका, डाला, थुन्से, भकारी, मान्द्रलगायतका सामग्री बनाएर छ जनाको परिवारको खर्च चलेको थियो । तर अहिले रैथाने सीपबाट बनेका सामाग्री बजारमा खपत हुन छाडेका छन् । प्लास्टिकका आयातित सामाग्री सस्तोमा उपलब्ध हुने भएपछि हस्तकलाबाट निर्मित सामाग्रीको बिक्री रोकिएको हो ।

‘हामीसँग सीप छ, तर सीपको सम्मान छैन् । सीप प्रयोग गरेर बनाइएका सामग्री बिक्री गर्ने ठाउँ छैन’, सम्मरबहादुरले भने । पहिले घरखर्च गर्न समस्या नभएको तर अहिले आम्दानीको स्रोत नभएपछि ऋण गरेर खर्च गर्नुपर्ने उनले बताए । प्लास्टिकका सामग्रीको प्रयोग बढेपछि आफ्नो सीप थला परेको उनको भनाइ छ ।

गलमा खेर गइरहेका काठ र बाँसको चोया आफ्नो सीपको प्रयोग गरी कृषि र घरायसी सामाग्रीहरू बनाउँदै आएका कैयौँ व्यक्तिहरूको पेशा संकटमा परेको बेनी नगरपालिका-२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए । स्थानीय तहले स्थानीय उत्पादन र सीपलाई प्रोत्साहन गर्ने बताएपनि व्यवहारमा लागू हुन नसकेको स्थानीयको गुनासो छ ।

‘काम गर भनेर रकम सहयोग गरेर मात्र हुँदैन, हामीले उत्पादन गरेका कृषि उपज र सामाग्रीहरूको बजारीकरणको जिम्मा स्थानीय सरकारले लिनुपर्छ’ तरकारी खेतीसँगै चोयाँका सामाग्री बनाउँदै आएका मालिका गाउँपालिका-५ का सुनबहादुर बूढाले भने । हातमा अन्य काम गर्ने  सीप नभएका र उमेर बढी भएका जेष्ठ नागरिक आफ्नो सीप उपेक्षित हुन थालेपछि चिन्तित छन् । 

‘आफूले जानेको सीपबाट गुजारा चलेको थियो, तर अहिले सीप पनि हेंला हुन थाल्यो, बुढ्यौली पनि लाग्यो’, भकिम्लीका ६४ वर्षीय तेजबहादुर पुनले भने । पाँच वर्ष अघिसम्म दिनमा २ वटासम्म डोका बुन्ने गरेका पुन अहिले एक सातामा दुई-तीनवटा मात्र बुन्छन्। 

केही वर्ष अघिसम्म हस्तकलाका सामाग्री बेचेर मासिक १० देखि १५ हजारसम्म आम्दानी गर्ने यहाँका पाका उमेरका केही व्यक्तिहरू अहिले आफूले बुनेका सामाग्री सिकुवा वा गोठमा थन्किएका बताउँछन् । सीप पुस्तान्तरण भएन भनेर चिन्ता भन्दा अहिलेको अवस्थामा सीप प्रयोगहीन भएकामा चिन्ता छ उनीहरूलाई ।

‘हामीले जानेको सीप छोरा नातिले सिकेर के गर्नु रु सामान  नै विक्री नभएपछि सीप छ भनेर मात्रै खान पाइँदैन, छोरा नातिलाई खाडीतिरै पठाउनुको विकल्प छैन्’, बेनी नगरपालिका-२ का भीमबहादुर विकले भने ।

प्लाष्टिकका सामाग्रीको बढ्दो प्रयोग र परम्परागत सीपबाट सामग्री बनाउने पेसा अँगाल्ने जनशक्तिको कमीका कारणले पनि यो व्यवसाय संकटमा परेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ६ : २४ बजे

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण