नेवाः अनुसन्धान प्रतिष्ठान बनाउने प्रधानमन्त्री प्रचण्डको घोषणा « Khabarhub

नेवाः अनुसन्धान प्रतिष्ठान बनाउने प्रधानमन्त्री प्रचण्डको घोषणा


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेवाः सभ्यता, संस्कृति र इतिहासको विकास तथा सम्वर्द्धन गर्न अनुसन्धान प्रतिष्ठान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

छैटौँ विश्व नेवा दिवसका अवसरमा वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रममा उनले त्यस्तो अनुसन्धान प्रतिष्ठान नेवाःको मात्र नभई सम्पूर्ण नेपालीको हुने बताए ।

उनले नेपाल भाषा, नेवारी साहित्य र कलाको विकासका निम्ति नेवारले गरेको अनवरत सङ्घर्षप्रति आफ्नो उच्च सम्मान रहेको बताए । “शान्ति प्रक्रियामा आएपछिको पहिलो कार्यक्रम यही वसन्तपुर डबली भएको थियो । पहिलो चोटी प्रधानमन्त्री भएपछि नेपाल संवतलाई राष्ट्रिय संवत्को मान्यता दिलाउनका लागि मैले पहल गरेको हुँ”, उनले भने, “नेपाल सरकारका तर्फबाट नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेको यही डबलीबाट हो ।”

राष्ट्र निर्माणमा नेवाः समुदायको मुख्य र ऐतिहासिक भूमिका रहेको जनाउँदै उनले नेपाललाई स्वाधीन राष्ट्रका रूपमा विश्वसामु चिनाउन नेवाः समुदायको भूमिका महत्वपूर्ण रहेको बताए । पुर्खाले विरासतमा छाडेर गएका मन्दिर, पाटी, पौवा, डबली, हिटी, देवालयलगायतका सम्पदाको योगदान महत्वपूर्ण रहेको उनको भनाइ छ ।

“विश्वमै नगर सभ्यता सुरु गर्ने अग्रज समुदायमध्ये नेवाः समुदाय पनि हो । आज हामीले विश्व नेवाः दिवस मनाइरहँदा ती नेवाः अग्रजप्रति सम्मान व्यक्त गर्नैपर्छ”, उनले भने ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ६ : ०८ बजे

भोटेकोशी बाढी : एक हजार ६८ शव भेटिए, चार हजार ६०६ सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको खोजी हुँदा रास्वपा नेताहरू निरीह

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा विपक्षी

ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब फाइनलमा प्रवेश

ताप्लेजुङ– साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ- ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ