उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरिने « Khabarhub

उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरिने


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरस्तरीय वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गर्ने भएको छ। नगरपालिकाले गत चैतमा सञ्चालन गरेको वार्षिक परीक्षामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गर्ने भएको हो।

नगरपालिकाले सञ्चालन गरेको शैक्षिकसत्र २०७९ को वार्षिक परीक्षाअन्तर्गत कक्षा ६–९ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा हलेसी तुवाचुङ–१० अर्खौलेस्थित सरस्वती मावि पहिलो भएको छ। सो विद्यालयलाई रु दुई लाख प्रदान गरिने छ।

यस्तै हलेसी तुवाचुङ–१ बाहुनीडाँडाको कालिका मावि दोस्रो तथा हलेसी तुवाचुङ–९ धितुङस्थित बुलापन्थे मावि तेस्रो भए। दुवैलाई क्रमशः रु ५० हजार र २० हजार प्रदान गर्ने निर्णय गरिएको नगर शिक्षा शाखा प्रमुख पदमबहादुर कार्कीले जानकारी दिएका छन्।

यस्तै कक्षा ४–५ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा हलेसी तुवाचुङ–४ बडहरेस्थित खोक्सेली विद्यालय प्रथम, सोही वडाका बोझेओडार र हलेसी तुवाचुङ–१ बाहुनीडाँडाको जनचेतना विद्यालय तेस्रो भए। ती विद्यालयलाई क्रमशः रु ५० हजार, रु २० हजार र रु १० हजार प्रदान गरिने छ।

यस्तै कक्षा ६–८ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा हलेसी तुवाचुङ–२ डिकुवास्थित डिकुवा विद्यालय प्रथम, वडा नं ४ बडहरेको शान्ति आधारभूत विद्यालय दोस्रो र वडा नं ११ राजापानीको हिमगङ्गा आधारभूत विद्यालय तेस्रो भए। उनीहरुले क्रमशः रु ५५ हजार, २५ हजार र १५ हजार पुरस्कार प्रदान गरिने छ।

एघार वडा रहेको हलेसी तुवाचुङमा वडा नं ५ दुर्छिमस्थित दामोदरमहासिंह आधारभूत विद्यालय दुर्छिमकी ब्रोलिजा राई प्रथम, हिमगङ्गाका भविन पुरी, बुलापन्थे मावि धितुङकी सुजना राई, बुलापन्थे मावि धितुङकै अनिल कटवाल, लक्ष्मी मावि बडहरेका गणेश दाहाल र महेन्द्रोदय मावि महादेवस्थानका दया राई पहिलो भए। उनीहरुले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  १० : ३५ बजे

रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान

बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको