कोलम्बियामा ६० लाख व्यक्ति प्राकृतिक ग्यासबाट बञ्चित « Khabarhub

कोलम्बियामा ६० लाख व्यक्ति प्राकृतिक ग्यासबाट बञ्चित


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बोगोटा – दक्षिणपश्चिम कोलम्बियामा बुधबारसम्म ६० लाख मानिस प्राकृतिक ग्यासको पहुँचबाट बञ्चित भएका छन्।

मध्याह्नदेखि नै काका र भाले डेल काउकाको पश्चिमी क्षेत्रमा “प्राकृतिक ग्यास सेवामा पूर्ण प्रतिबन्ध’ लगाइएको ‘युटिलिटी ग्यासेस डे ओक्सिडेन्ट’ले जनाएको छ।

खानी मन्त्रालयका अनुसार यो सङ्कटले देशको मध्य र दक्षिणपश्चिममा रहेका अन्य पाँच क्षेत्रलाईलाई पनि प्रभावित गरेको छ।

पाइपलाइन कम्पनी ‘ट्रान्सपोर्टाडोरा डे ग्याँस इन्टरनेसनल’का अनुसार, ज्वालामुखी नजिकैको क्षेत्रमा लागेको ‘भूमिगत आगलागी’ का कारण ग्यास पाइपलाइनहरू बन्द गर्नुपरेको र सेवालाई पुनः सञ्चालनमा ल्याउन कम्तीमा एक हप्ता लाग्न सक्नेछ।

कोलम्बियाका पाँच करोड जनसङ्ख्यामध्ये दुई तिहाइ खाना पकाउने र अन्य प्रयोगका लागि इन्धनमा निर्भर छन्।

कोलम्बियाको तेस्रो ठूलो शहर कालीका मेयर जर्ज इभान ओस्पिनाले यसबाट १३ लाखभन्दा बढी प्रयोगकर्ता प्रभावित भएको बताए।

सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीरहरूका अनुसार केही बासिन्दाहरूले ग्यासको विकल्पमा दाउरामा खाना पकाउन थालेका छन्। ग्यासको अर्को विकल्पका लागि हजारौँ मानिसले विद्युतीय चुल्हो छानेका र किन्नका लागि लामो लाइनमा बसेको देख्न सकिन्छ।

यसबाहेक, धेरैजसो ग्याँस-सञ्चालित सार्वजनिक यातायातहरूले सेवा प्रवाहलाई रोकेका छन्।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  १ : ०० बजे

बाँकेमा १९३ कुष्ठरोगी भेटिए

राँझा– गत आर्थिक वर्ष ०८२-०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला

रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान

बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको