बाग्मती प्रदेशका सवारी साधनको भाडामा वृद्धि « Khabarhub

बाग्मती प्रदेशका सवारी साधनको भाडामा वृद्धि


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएपछि बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशका विभिन्न स्थानमा सञ्चालनमा रहेको सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै बाग्मती प्रदेशअन्र्तगत १३ जिल्लाको सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको जनाएको छ ।

आजदेखि लागू हुनेगरी जारी गरिएको भाडादर वृद्धिमा काडमाडौँ उपत्यकाभित्र चल्ने यात्रुवाहक सवारीको भाडादर आठ दशमलव तीन प्रतिशतले वृद्धि भएको बताइएको छ ।

काठमाडौँ उपत्यकाबाहिरको हकमा अर्थात उपत्यका बाहेकको स्थानमा चल्ने सवारी साधनको भाडादर पाँच दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ । जसअनुसार अब काठमाडौँ उपत्यकामा पाँच किमीसम्मको न्यूनतम भाडादर रु एकले बढेर रु १९ कायम गरिएको सो मन्त्रालयले जनाएको छ ।

त्यसैगरी उपत्यकामा १० किमीसम्मको लागि रु २६, १५ किमीसम्मको रु ३१, २० किमीसम्मको रु ३५ र २० किमीभन्दा माथिका लागि रु ४० भाडादर कायम गरिएको छ ।

मन्त्रालयको सूचनामा काठमाडौँ उपत्यकाबाहिर प्रदेशका विभिन्न स्थानमा चल्ने यात्रुवाहक सवारी साधनको साविक भाडामा पाँच दशमलव ३१ प्रतिशतले वृद्धि गरिएको जनाइएको छ ।

यसैगरी पेट्रोलियम पर्दाथबाट चल्ने ट्याक्सीको भाडादर तीन दशमलव ४४ प्रतिशत र मालवाहक सवारी साधको भाडादर प्रतिकिमी प्रतिटन सात दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ ।

पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारणले सवारी साधनको भाडादरमा पनि वृद्धि गर्नुपरेको सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ९ : २४ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक